ghar sansar

महेन्द्रनगर बजारमै लखेटिने अवस्थामा पुगे लेखक, तपाइँलाई किन भोट दिने भन्दै आक्रोश पोखेपछि भोट नमागेर मिनी मार्केटबाट फर्किए

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक मिनी मार्केटका व्यवसायीको आक्रोशपछि मत नमागेर फर्किएका छन् । चुनावी प्रचारका लागि उनी बुधबार प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रसाद भट्ट र नेता कार्यकर्ताको दल सहित मदनचोक पूर्वको मिनी मार्केट पुगेका हुन् ।

मिनी मार्केटमा पुगेर मतका लागि आग्रह गरेपछि व्यवसायीहरु उनीसित आक्रोश पोखेका छन् । उनीहरुले लेखकलाई ‘तपाइँलाई किन भोट दिने?’ भन्दै प्रश्न समेत गरेका छन् ।

dirghayi clinic

भीमदत्त नगरपालिकाले मासिक भाडा लिएर व्यापारीहरुलाई मिनी मार्केटमा पसल गर्न दिएपनि त्यहाँको अवस्था दयनीय छ । अस्थायी रुपमा दुई दर्जन पसल सञ्चालनमा रहेपनि बर्खामा डुबान र हिलोका कारण व्यापार हुँदैन । होचो ठाउँ भएकाले व्यापारीहरुले माटो भरानका लागि पटक–पटक नगरपालिकालाई आग्रह गरेपनि अटेर गरेको उनीहरुको भनाई छ ।

लेखक सहित भीमदत्त नगरपालिका मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशीसंगै भए पनि उनीहरु चुप बसेका छन् । उनीहरुले मेयर, उप मेयर, वडा अध्यक्ष कसैले पनि वास्ता नगरेको भन्दै आक्रोश पोखेका छन् । नगरपालिकाको बेवास्ताले आफूहरुको लाखौँ लगानी डुब्न लागेको भन्दै उनीहरु लेखकसित आक्रोशित भएका छन् ।

‘मेयर र वडाध्यक्षलगायतका जनप्रतिनिधिलाई पटक–पटक आग्रह गर्दा पनि कोही आइदिएनन्,’ एक व्यापारीले भने, ‘भोट दिएर जिताएका जनप्रतिनिधिको यस्तो व्यवहारले दुःख लाग्छ।’

लेखक पनि चुनाव सकिएपछि समस्या समाधान हुने भन्दै हिडेपछि व्यापारी झनै आक्रोशित भएका छन् । ‘भोट माग्दा चिल्लो कुरा गर्छन्,’ ती व्यापारीले भने, ‘त्यसपछि मुख देखाउँदैनन्, स्थानीय चुनावमा जिताएकाहरुलाई देख्दै थाहाँ भइसक्यो, अहिलेकाको कुरा कसरी पत्याउनु ? ’

Himal dental
सम्बन्धित
Loading...