ghar sansar

अहिले नै बहुलाउन थालेका हुन् बेल बहादुर, यतिसम्म किन बोल्न थाले झुट

janjyoti campus

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का सत्ता गठबन्धनका प्रदेश सभा सदस्यका बेल बहादुर राना भीमदत्त नगरपालिकामा अघिल्लो कार्यकालको दायित्वलाई घाटा गराएको भन्दै चुनावी प्रचारमा भाषण गर्न थालेका छन् ।

दोधारा चाँदनी नगरपालिकामा गरिएको सत्ता गठबन्धनको शुभ कामना आदानप्रदान कार्यक्रममा उनले एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्टलाई विवादमा ल्याउने गरी नगरपालिकालाई घाटा गराएको भाषण गरेका छन् ।

western public academy

उनले भीमदत्तमा अघिल्लो कार्यकालको दायित्व रकम समेत थाहा नभएर ५२ करोड घाटा गराएको आक्षेप लगाएका छन् । भीमदत्त नगरपालिकाले गत असारमा श्वेतपत्र सार्वजनिक गरी ३९ करोड दायित्व देखाएको थियो । त्यहीं रकमलाई बढाएर प्रदेश सभा सदस्य राना घाटा गराएको भन्दै आक्षेप लगाउने अवस्थामा पुगेका छन् ।

एमालेका प्रदेश सभा सदस्य विष्टको कार्यकालमा नगरपालिकामा थालिएका बहु वर्षिय ठेक्काको रकमलाई दायित्वका रुपमा श्वेतपत्रमा उल्लेख गरिएको छ । भीमदत्तका मेयर बोगटीले नगरपालिकाले पाउनु पर्ने महाकाली नदीको रोयल्टी रकम समेत उल्लेख नगरी दायित्वलाई मात्रै सार्वजनिक गरेका थिए ।

dirhayu

एमालेले श्वेतपत्र पत्र नभएर त्यसलाई द्धैषपत्रको भन्दै आलोचना गरेको थियो । भीमदत्त नगरपालिकाका मेयर बोगटीका सहभागी कार्यक्रममा रानाले दायित्वलाई घाटा भन्दै चुनावी भाषण बनाएका छन् ।

भीमदत्त नगरपालिकाका तत्कालिन प्रवक्ता एमालेका भीमदत्त नगर अध्यक्ष हिमाल बहादुर चन्दले दायित्व रकमलाई घाटा भनेर प्रचार गर्नको कुनै अर्थ नभएको बताए ।

‘अघिल्लो कार्यकालमा विकास निर्माणका थुप्रै काम भएका छन्, बहुर्षिय ठेक्का भएका छन्, ती योजनाको रकम अहिले दायित्वका रुपमा आएको छ’ उनले भने,‘यो रकम अहिलेको नगरपालिकाले तिर्नु पर्छ, यति रकम तिर्न सक्ने हिम्मत छैन भने किन त्यहाँ गएको त ।’

दायित्व रकमलाई घाटा भनेर दुष्प्रचार गरी मतदाता तान्ने प्रदेश सभा सदस्य रानाको धोको पूरा नहुने उनले बताए । ‘भीमदत्तमा हामीले के गरेका छौ, वहाँले हेरेर गए हुन्छ’ उनले भने,‘यस्ता हावादारी कुरा गरी चुनाव जितिदैन ।’

कार्यक्रममा उनले जातीय र क्षेत्रीयताको नारा अघि सारेर मत मागेका छन् । सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक सहितको सहभागितामा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा दुबै कार्ड फालेर मतदाता तान्न खोजेका हुन् ।

भीमदत्त नगरपालिकामा चुनावी घरदैलोपछि दोधारा चाँदनीमा गरिएको कार्यक्रममा उनले सत्ता गठबन्धन संविधान जोगाउन बनेको, आफू मगर जनजाति समुदाय र दोधारा चाँदनी क्षेत्रको एक्लो उम्मेदवार भएको भाषण गरी मतदाताको साथ खोजेका छन् ।

Himal dental
सम्बन्धित
Loading...