ghar sansar

प्रधानमन्त्रीको गृह जिल्लामै आचार सँहिता मिच्दै जनप्रतिनिधि चुनावी प्रचारमा

महेन्द्रनगर । आचार संहिता विपरीत खुलेआम जनप्रतिनिधि चुनावी प्रचारप्रसारमा गइरहेको भेटिएको छ । निर्वाचन आयोगले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार तथा मत माग्न नपाइने भनेर आचारसंहिता जारी गरेके छ ।

तर, अमरगढी नगरपालिकाका जनप्रतिनिधिहरू खुलेआम गठबन्धनको प्रचारमा गइरहेका हुन्। नेपाली काँग्रेसबाट अमरगढी नगरपालिकामा निर्वाचित मेयर डिल्लीराज जोशी, उपमेयर पार्वतीदेवी झुकाल र अमरगढी–५ का वडाअध्यक्ष टंक क्षेत्री दलीय उम्मेदवारका प्रचारप्रसारमा गइरहेका हुन् ।

ratnam malkhad

सोमबार उनीहरू डडेल्धुरा प्रदेश ‘२’ गठबन्धनका उम्मेदवार गोविन्दराज बोहरासँगै अमरगढी–५ झुरकालीमा मतदातासँग मत माग्न पुगेको एक स्थानीयले बताए ।

नेपाली काँग्रेस अजयमेरु गाउँपालिकाका सभापति टेकराज पाण्डेयले पनि सामाजिक सञ्चालमा मतदातासँग भेटघाट भन्दै मेयर जोशीलगायतका जनप्रतिनिधिको तस्बिर राखेका छन् ।

Himal dental
सम्बन्धित
Loading...