ghar sansar

दोधारा चाँदनीमा राप्रपा नेता गुरुङ्गले भने– साडी र पैसा बाँडेर काँग्रेसले चुनाव जित्छ, यस पाली पनि पठाउलान , प्रभावित नहुनु होला

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश समिति सदस्य तामाङ सिंह गुरुङले दोधरा चाँदनीमा काँग्रेसले साडी र पैसा बाँडेर चुनाव जित्ने गरेको आरोप लगाएका छन् ।

‘चाँडपर्व आउँदै छ, एक जना दाई छन् तिनले यस पाली पनि साडी र त्यस भित्र पैसा राखेर पठाउँलान् त्यसबाट प्रभावित नहुनु होला’ दोधरा चाँदनी नगरपालिका ९ मा आयोजित कार्यक्रममा उनले भने,‘पाँच वर्षका लागि भोट खेर नफाल्नु होला ।

ratnam malkhad

सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकलाई लक्षित गर्दै उनले दोधारा चाँदनीलाई वर्षौदेखि भोट बैंकको रुपमा मात्रै प्रयोग गरेको बताए ।

‘पटक पटक चुनाव जिते पनि विकास नगरेको र दोधरा चाँदनीलाई भोट बैकका रुपमा मात्रै प्रयोग गरियो’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...