ghar sansar

भीमदत्तका निवर्तमान प्रवक्ता चन्दले यसरी गर्दैछन् विष्टको कार्यकालका उपलब्धि सार्वजनिक, यस्ता छन् सार्वजनिक गरिएका उपलब्धि

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका निवर्तमान प्रवक्ता हिमाल बहादुरले निवर्तमान मेयर सुरेन्द्र विष्टको कार्यकालमा गरिएका उपलब्धि फेसबुकबाट सार्वजनिक गरेका छन् । केही दिनदेखि निवर्तमान प्रवक्ता चन्दले विष्टको पाँच वर्षे कार्यकालका उपलब्धिलाई दैनिक रुपमा सार्वजनिक गर्न थालेका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा भीमदत्तको मेयर निर्वाचित विष्ट अहिले निर्वाचन क्षेत्र नं. ३ ख बाट प्रदेश सभा सदस्यका उम्मेदवार छन् । एमालेका जिल्ला अध्यक्ष विष्ट नेतृत्वमा भीमदत्त नगरपालिका सुदूरपश्चिममै उत्कृष्ठ भएको थियो ।

,orning glory badhai

मेयर विष्टले पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, खानेपानी लगायतका क्षेत्रलाई प्राथमिकता दिएका थिए । नगरपालिकाको आफ्नै स्रोत र साधन प्रयोग गरी विष्टको कार्यकालमा घाँडीघाँचमा जैविक धार्मिक पर्यटन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिएका छन् । दुबै मार्गलाई जोडेर भीमदत्तमा बाह्य र भित्री चक्रपथ निर्माण कार्य अघि बढेको थियो ।

मेयर विष्टले नगर वस सञ्चालन गर्ने योजना सहित अघि बढाएको चक्रपथ निर्माण कार्य कोरोना महामारीका कारण पूरा हुन सकेन । उनले वर्षाैदेखि खल्ला मुसेट्टीमा बिजुली, टेलिफोन र यातायात सेवा पुगाएका छन् ।

dirghayi clinic

भीमदत्त नगरपालिकाका सबै १९ वडा कार्यालयमध्ये १४ कार्यालय भवन निर्माण गरिएका छन् । ५ वडा कार्यालय भवन निर्माणाधीन छन् । स्थानीय तह निर्वाचनमा गरिएको प्रतिवद्धता अनुसार वडा कार्यालय भवन बनाएका हुन् ।

महाकाली बहुप्राविधिक शिक्षालय मेयर विष्टले सञ्चालन गरेका छन् । मेयर उद्यमशिलता कार्यक्रम सञ्चालन स्वरोजगारका कार्यक्रम अघि बढाएका उनले झण्डै ५० किलोमिटर सडक कालोपत्रे गरेका छन् ।

भीमदत्तका निवर्तमान मेयर विष्टको कार्यकालमा नगरपालिकाले सबै क्षेत्रमा उपलब्धि हात पारेको प्रवक्ता चन्दले बताए । ‘त्यो बेला काम गर्दा पनि अवरोध नै गरियो, एकीकृत फोहरमैला व्यवस्थापन गर्न अवरोध नै अवरोध खडा गरियो’ उनले भने,‘तै पनि हामीले जनतालाई देखाउने गरी काम गरेका छौ, त्यो सबैले देखेकै छन् ।’

Himal dental
सम्बन्धित
Loading...