ghar sansar

सत्ता गठबन्धनको साथ पाउने समाजवादीको आश सकियो, अन्ततः गठबन्धनसित नै प्रतिस्पर्धा हुने पक्का

महेन्द्रनगर । सत्ता गठबन्धनमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका दुई उम्मेदवार अन्ततः गठबन्धनको साथ नपाएर एक्लै चुनाव लडनु पर्ने भएको छ ।

सत्तारुढ गठबन्धनमा भागबण्डामा सहमति हुन नसकेपछि समाजवादीले दुई जनालाई प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनमा छलफल भएर समाजवादीलाई पनि गठबन्धनमा सहभागी गराउने आशमा समाजवादीको आश थियो ।

lotus institite
daimond public

काँग्रेस माओवादीका सीट छाड्न तयार नभएपछि दुई प्रदेश सभा क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । सीट बाँडफाँट नमिलेका ठाउँमा दलहरूले आ–आफ्ना उम्मेदवार उठाएका हुन्। कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा (२) मा मित्रवत् प्रतिस्पर्धा हुने भएको हो ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट लालबहादुर खड्का उम्मेदवार छन्। गठबन्धनले कांग्रेसका बहादुरसिंह थापालाई चुनावी मैदानमा उतारेको छ । यस्तै प्रतिनिधिसभा क्षेत्र ३ को प्रदेशसभा (१) मा पनि मित्रवत् प्रतिस्पर्धा हुने भएको छ ।

एकीकृत समाजवादीले प्रकाश रावललाई उम्मेदवार बनाएको यो क्षेत्रमा गठबन्धनले माओवादी केन्द्रका टेकेन्द्र भट्टलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । आज गठबन्धनले साझा उम्मेदवारको सूची सार्वजनिक गरी केही ठाउँका विवाद छलफलबाट हल गर्ने र केहीमा मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको हो ।

Himal dental
सम्बन्धित
Loading...