ghar sansar

एमाले कञ्चनपुरले थाल्यो अध्यक्ष ओली सहभागी हुने चुनावी सभाको तयारी, जिल्ला बैठकबाट नेताहरुलाई दिइयो जिम्मेवारी

dirghayu ad

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले अध्यक्ष ओली सहभागी हुने चुनावी कार्यक्रमका लागि नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । एमाले जिल्ला कमिटीको बैठकले शुक्रबार नेताहरुलाई जिम्मेवारी तोकेको छ ।

एमाले उप सचिव कर्ण बहादुर चन्दका अनुसार जिल्ला उपाध्यक्ष लक्ष्मी बुढाको संयोजकत्वमा मूल समिति विस्तार गरिएको छ । मूल समिति अन्र्तगत कार्यक्रम व्यवस्थापनका लागि विभिन्न उप समिति गठन गरिएका छन् ।

ratnam malkhad

एमालेले परमान्द जोशीलाई मञ्च व्यवस्थापन, भीम शाहुलाई आर्थिक, स्वयसेवक केशव चन्द, यातायात विष्णू कँडेललाई जिम्मेवारी दिएको छ ।

अध्यक्ष ओली कार्तिक १८ गते महेन्द्रनगर आउने कार्यक्रम छ । एमालेको चुनावी अभियान अन्र्तगत दार्चुलाबाट शुरुवात हुने कार्यक्रमपछि ओली कञ्चनपुर क्षेत्र ३ मा आउने एमाले उप सचिव कर्ण बहादुर चन्दले अध्यक्ष ओली क्षेत्र ३महेन्द्रनगर खुला मञ्चमा चुनावी सभा सम्बोधनका लागि आउने बताए ।

Himal dental
सम्बन्धित
Loading...