महेन्द्रनगर । सत्ता गठबन्धनका काँग्रेस, माआवादी केन्द्र र एकीकृत समाजवादी दुई प्रदेश क्षेत्रमा आफैं चुनावी चुनावी प्रतिस्पर्धा भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ र निर्वाचन क्षेत्र नं. २ ख मा सत्ता गठबन्धनका तीन दलका उम्मेदवार प्रतिस्पर्धामा देखिएका छन् ।
सत्ता गठबन्धनले मित्रवत प्रतिस्पर्धा हुने गरी ती प्रदेश सभा क्षेत्रमा उम्मेदवारी कायम राखेपछि गठबन्धनभित्रै प्रतिस्पर्धा हुन लागेको हो । गठबन्धमा भागबण्डा सहमति हुन नसकेपछि सत्ता साझेदार एकीकृत समाजवादीले दुई प्रदेशमा उम्मेदवारी दिएको थियो ।
कञ्चनपुर ३ मा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल र निर्वाचन क्षेत्र नं. २ ख मा पूर्व मन्त्री लाल बहादुर खड्का प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् । गठबन्धनमा अन्तिमसम्म उनीहरु दुबै जना अन्तिमसम्म उम्मेदवार हुने गरी छलफल गरिएको थियो ।
सत्ता गठबन्धनका काँग्रेस र माओवादी केन्द्रले नमानेपछि समाजवादीका उम्मेदवार मित्रवत प्रतिस्पर्धाका लागि चुनावी मैदानमा जानु पर्ने बाध्यतामा पुगेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताबीच दुई प्रदेशमा मित्रवत्र प्रतिस्पर्धा हुने सहमति भएपछि ती दुबै क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार भने अप्ठेरोमा परेका छन् । समाजवादीका नेता कार्यकर्ताले प्रतिनिधि सभा सदस्यका दुबै उम्मेदवार नबोक्न दबाव दिन सुरु गरि सकेका छन् ।
एकीकृत समाजवादीका विद्यार्थी नेता प्रज्वल कुँबरले प्रदेश सभा सदस्यका मित्रवत प्रतिस्पर्धा भए प्रदेश सभाका कुनै उम्मेदवार नबोक्न प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकलाई चेतावनी दिएका छन् । ‘अब मित्रवत प्रतिस्पर्धा भयो भने प्रतिनिधि सभा सदस्यले कुनै पनि उम्मेदवार बोक्नु पाउँदैनन्, बोकेपछि नतिजा राम्रो हुँदैन’ उनले भने ।
समाजवादीका प्रदेश सभा सदस्यका उम्मेदवार रावलले केही दिन अघि पत्रकार सम्मेलनमा शीर्ष नेताले छलफल गरी आफूलाई उम्मेदवार बनाउने आशा भएको बताएका थिए । समाजवादी कार्तिक ६ गतेसम्म शीर्ष नेताले कार्तिक ६ गतेसम्म दुई प्रदेशमा काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार फिर्ता हुने आश गरिएको थियो ।
पत्रकार सम्मेलनमा नै उम्मेदवार रावलले प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखकलाई दुबै उम्मेदवार नबोक्ने आफूले आग्रह गरेको बताएका थिए । उम्मेदवारी दर्तापछि लेखकले तीन पटकसम्म रावलसित भेटघाट गरेका थिए ।