ghar sansar

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई सोधे – भारतीय ज्यादती विरुद्ध कहिलेसम्म चुप लागेर बस्ने ?

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष भारतीय ज्यादतीविरुद्ध कहिलेसम्म मौनता साँध्ने भनी प्रश्न गरेका छन् । नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका २ का एक बालकको मृत्यु भएको प्रसंगमा ओलीले यस्तो प्रश्न गरेका हुन् ।

भारततर्फ विना सूचना सडक विस्तारका लागि बिस्फोट गराउँदा ढुंगा उछिट्टिएर लाग्दा ब्यास गाउँपालिका २ का १४ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो । आफू घटनाप्रति दुखित रहेको भन्दै ओलीले घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषिमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

‘ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन् । घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु ।’

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तुइन काटेर गत वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

दार्चुलास्थित महाकालीपारि भारतको पिथौरागढ जिल्ला धार्चुला तहसिलमा सडक कटान गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएर आएको ढुंगाले लागेर नेपालतर्फ हिँडिरहेका १४ वर्षीय पवनको मृत्यु भएको हो ।

साभार : थाहा खबर

Himal dental
सम्बन्धित
Loading...