ghar sansar

सत्ता गठबन्धनका अर्का उम्मेदवार साउँद पनि लखेटिए, काँग्रेस एमाले आरोप प्रत्यारोपमा

काँग्रेस भन्छ– एमाले कार्यकर्ताले विवाद झिके, एमाले भन्छ– त्यहाँ जनताले लखेटेका हुन्

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य रहेका एनपी साउद सहभागी कार्यक्रममा खैलाबैला मच्चिएको छ ।

कृष्णपुर नगरपालिका ५ मा शनिबार आयोजित सांस्कृतिक कार्यक्रममा नेता साउदले बोल्दा सहभागीले विरोधमा उत्रिएपछि उनी कार्यक्रम छाडेर बाहिरिएका छन् ।

,orning glory badhai

चुनावका बेला मात्रै भोट माग्न आउने तर अरु बेला जनतालाई फर्केर नहेर्ने भएकाले नेता साउदलाई कार्यक्रमबाटै लखेटिएको एक स्थानीयले बताए। कार्यक्रममा नेता साउद बोलिरहेकै समयमा विवाद भएपछि विवादले उग्र रुप लिएको थियो। बिचमै विवाद भएपछि कार्यक्रम नै बिथोलिएको थियो ।

dirghayi clinic

यता, कृष्णपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष टेक पाण्डेयले भने सामान्य विवाद भएको तर नेता साउद नलखेटिएको दाबी गरेका छन्। बोल्दा खेरी एमालेका कार्यकर्ताले विवाद गरेको र कार्यक्रममा अप्रिय माहोल सृजना गरिएको उनले बताए।

तर, एमालेका कार्यकर्ताहरुले भने वडाध्यक्षले भनेजस्तो नभएको बतएका छन्। एमाले निकट युवा संघ नेपालका केन्द्रीय सदस्य रोहित कुँवरले जनताले लखेटेको कुरालाई एमालेसँग जोड्नु हास्यासपद भएको बताए।

एमालेका कार्यकर्ताबाट यस्तो कार्य नभएको र त्यहाँका जनताले नेता साउदलाई लखेटेको उनको भनाइ छ।

साभार : दिनेश खबर डट कम

Himal dental
सम्बन्धित
Loading...