ghar sansar

तीन महिनामा भारत बेचिन लागेका दिदी बहिनी सहित ६४ जनाको उद्धार

khasi

विमला सुनार
महेन्द्रनगर । मानव बेचविखन तथा ओसारपसार रोकथामका लागि सक्रिय गैर सरकारी संस्था शान्ति पुनस्र्थापना गृह कञ्चनपुरले ३ महिनामा ६४ जना महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

चालु आर्थिक वर्षको साउन, भाद्र र असोज महिनामा मात्रै ६४ जनाको सीमा नाका तथा जोखिममा परिसकेकाको उद्धार गरीको शान्ति पुनस्र्थापना गृह कञ्चनपुरले जनाएको छ ।

उद्धार गर्ने क्रममा कञ्चनपुरको दक्षिणी सिमानाका शनिबार मात्रै दुई जना युवतीको उद्धार गरिएको छ । बेदकोट नगरपालिका घर भएका १७ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई शनिबार दिउसो ३ वजे बेलौरी खजुरीया सीमा नाका भएर भारत जान लागेको अवस्थामा उद्धार गरिएको हो ।

dirghayi clinic

शान्ति पुनस्र्थाmपन गृहका संयोजक सञ्जित सिंहका अनुसार भारत जान लागेका एकै घरका दिदी बहिनीहरूलाई रोकेर सोधपुछ गर्दा कहाँ जान लागेको भन्ने समेत पनि जानकारी नभएको बताएपछि थप शङ्का लागेर प्रहरी समेतको सहयोगमा उद्धार गरिएको हो ।

भारतमा रोजगारीका लागि प्रेरित गरेकोले आफूहरू बेलौरी नाकाबाट भारत जान लागेको खुल्न आएपछि बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै उनीहरूको उद्धार गरी प्रहरीको जिम्ममा लगाइएएको संयोजक सिंहले बताए ।

उद्धारपछि दुवै जनालाई शनिबार बेलौरी स्थित आवधिक आवास गृहमा राखिएको र आइतबार परिवारको जिम्मा लगाइएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीले जनाएको छ ।

भारतसंग सीमा जोडिएका कञ्चनपुरका विभिन्न क्षेत्रमा शान्ति पुनर्स्थापना गृहले सम्पर्क कार्यालय स्थापना गरी मानव बेचबिखन रोकथाम र जनचेतना प्रवाहलाई प्राथमिकता दिएको शान्ति पुनर्स्थापना गृह कञ्चनपुरका संयोजक सञ्जीत सिंहले बताए ।

संयोजक सिंहका अनुसार शान्ति पुनर्स्थापना गृह कञ्चनपुरले तीन महिनाको अवधिमा सिमा नाका वाट उद्धार ६० जना भारत तथा तेस्रो मुलुकवाट ४ को जना उद्धार गरीको र मानव बेचविखन र जबरजस्ती करणी का ८ वटा मुद्दा दर्ता गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...