ghar sansar

खल्ला मुसेट्टीबाट चोरी गरी बेच्न लागिएको ठूलो मात्रा विद्युतका तार बरामद

khasi

महेन्द्रनगर । नेपाल विद्युत प्राधिकरण महन्द्रनगर वितरण केन्द्रले भीमदत्त नगरपालिका ९ खल्लाबाट ठूलो मात्रामा विद्युतको तार बरामद गरेको छ । विद्युत लाइन विस्तारका लागि खल्लामा पुगाएका तार चोरी गरी बेच्नका लागि तयारी गरि रहेको अवस्थामा बरामद गरिएको हो ।

विद्युत प्राधिकरणका इन्जिनियर नेतृत्वको टोलीले खल्लास्थित दिपराज चटौतको पसलबाट शनिबार तार बरामद गरी कार्यालयमा ल्याएको छ । कार्यालयका अनुसार पसलभित्र तार काटेर बाहिर ट्रयाक्टरमा लोड गरि रहेका बेला विद्युत प्राधिकरणको टोलीले नियन्त्रणमा लिएको हो ।  तार लोड गरिएको ट्रयाक्टर छाडेर तार मात्रै कार्यालयमा ल्याइएको छ ।

Anant bahu travels

कार्यालयका अनुसार बरामद तार पाँच क्विन्टल भन्दा बढी हुन सक्ने आशंका गरिएको छ । प्राधिकरणले तार बरामद भएपछि छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख तुुतुन कुमार श्रीवास्तवले पसलबाट तारा बरामद गरी कार्यालयमा ल्याएको बताए । ‘तार काट्ने भई रहेको थियो, त्यहाँ एक जना महिला मात्रै उभिएको भेटिएको छ’ उनले भने,‘तार के कति छ, अब सबै कुरा हेरर अनुसन्धान अघि बढाउँछौ ।’

dirghayi clinic

कार्यालय प्रमुख श्रीवास्तवले छानबनि समिति गठन गरी अनुसन्धान गरिने बताए । ‘यति ठूलो मात्रामा कहाँबाट तार त्यो पसलमा पुग्यो, तार कहाँबाट आयो, काटेर अन्यत्र कहाँ लैजान लागिएको थियो, यी सबै कुराको अनुसन्धान गर्छाै’ उनले भने,‘अनुसन्धानबाट जे आउँछ, त्यसका आधारमा दोषीलाई कारवाही हुन्छ ।’

खल्ला मुसेट्टी र टुँडीखेलमा दुई वर्ष अघि मात्रै विद्युत लाइन विस्तार गरिएको थियो । त्यहीं बेला लाइन विस्तारका लागि पुगाएको तार चोरी गरी अहिले बेच्न थालिएको आशंका गरिएको छ । कार्यालयका अनुसार लाइन विस्तारपछि बचेको तारलाई पछि कार्यालयमा ल्याउने भनेर खल्लामा छाडिएको थियो ।

प्राधिकरणको वितरण केन्द्र प्रमुख श्रीवास्तवले छानबिन समितिबाट सबै कुरा खुल्ने बताए । ‘कार्यालयले लाइन विस्तार गर्दा छाडिएको हो, कि अन्य कसैबाट त्यो तार त्यहाँ पुगाइएको हो, यो सबै अनुसन्धान गरी खुल्छ’ उनले भने,‘अहिले कार्यालय यसैमा लागेको छ ।’

खल्लाका वासिन्दाले भने प्राधिकरणका कर्मचारी तार लोड गरिएको ट्रयाक्टर नलगेर तार मात्रै लिएर फर्केको बताएका छन् । पसल बाहिर ट्रयाक्टर लोड गरिएका तारलाई निकालिएको उनीहरुको भनाई छ ।

‘तार मात्रै ट्रयाक्टर पनि लग्न पर्ने हो, तर लगिएन, त्यो ट्रयाक्टर त्यसै छाडियो थियो’ एक स्थानीयले भने,‘खै के गरेको हो, ट्रयाक्टर लगिएन ।’

Himal dental
सम्बन्धित
Loading...