ghar sansar

एमालेका निवर्तमान साँसद डा. भट्टले मतदातालाई सुनाए आफूले गरेका काम, भने– दोधारा चाँदनी देशकै ठूलो व्यापारिक केन्द्र बन्ने दिशमा अघि बढेको छ, पटक पटक निर्वाचित हुने तर काम नगर्ने प्रवृत्तिले अवरुद्ध महाकाली कोरिडोर पनि अघि बढेको छ

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले दोधरा चाँदनी नगरपालिकामा अन्तराष्ट्रिय नाका र देशकै ठूलो व्यापारिक केन्द्र बनाउने गरी काम अघि बढेको बताएका छन् ।

भीमदत्त नगरपालिका–१३ स्थित चुनावी घरदैलो कार्यक्रममा उनले दोधरा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि स्थान छनौट भएर शिलान्यास गरिएको र महाकाली करिडोरको काम पनि अघि बढेकोले ठूलो नाका बनाउने प्रक्रिया अघि बढेको बताएका हुन् ।

,orning glory badhai

दोधरा चाँदनीको मायापुर र गौरी शंकर सामुदायिक वन क्षेत्रमा सुख्खा बन्दर गाह, एकिकृत जाँचचौकी निर्माणसँगै व्यापारिक केन्द्र निर्माण गरिने उनको भनाई छ ।

‘सुख्खाबन्दर गाहका लागि उपयुक्त ठाउँ छनौटमा केही ढिलाई हुदाँ काम समयै सुरु हुन सकेन, त्यसमा हाम्रो मात्रै निर्णयले हुने अवस्था पनि थिएन ।’

निवर्तमान सांसद भट्टले भने ‘सुरुमा हामीसँग तीन विकल्प थिए, कञ्चभोज, झुलुङ्गे पुलमाथिको खाली क्षेत्र र मायापुर, गौरी शंकर क्षेत्र । त्यसमा हामीले पनि अध्ययन ग¥यौँ, तर भारततर्फको सडक उनले सिधै महाकाली पुल जोड्ने गरी बनाउने भएपछि अन्तमा सामुदायिक वन क्षेत्र उपयुक्त देखियो ।’

महाकाली पुलमा आयोजनामा आवश्यक बजेट हालेर समयमै निर्माण सम्पन्न गरिएको बताउँदै ‘एमाले नेतृत्वकै सरकार ररिरहेको भए सुख्खा बन्दरगाह निर्माणको काम सुरु भई सक्थ्यो’ उनले भने ‘धेरै प्राविधिक काम भएका छन, अब बन्ने एमालेको सरकारले यसलाई निरन्तरता दिन्छ ।’

त्यस्तै लामो समयदेखि अवरुद्ध रहेको महाकाली करिडोरको काम पनि आफूहरुकै नेतृत्वमा अघि बढेको उनले बताए । ‘यस क्षेत्रबाट पटक–पटक निर्वाचित हुने तर काम नगर्ने प्रवृत्तिले २०६७ सालदेखि महाकाली करिडोरको काम अवरुद्ध थियो ।’ उनले भने ‘वन क्षेत्रको अवरोधले ईआईए पास हुने सकेको थिएन्, हामीले त्यस कामलाई अघि बढाएर बजेट समेत विनियोजन ग¥यौँ ।’

dirghayi clinic

महाकाली करिडोरका लागि पहिलो वर्ष चार करोड र दोस्रो वर्ष साढे तीन करोड बजेट विनियोजन गरि काम अघि बढाईएको उनको भनाई छ ।

साथै महाकाली करिडोरलाई दोधरा चाँदनीसँग जोडेको पनि उनले बताए । उनले ब्रह्मदेवबाट तिकंर जोड्ने योजना रहेको महाकाली करिडोरलाई दोधराचाँदनीसम्म विस्तार गर्ने गरि उत्तर दक्षिणमा महाकाली करिडोरको काम सुरु गरिएका छन् ।

त्यस्तै दोधरा चाँदनी र भीमदत्तलाई जोडेर उप–महानगर बनाउने योजनाका साथ पछिल्ला पाँच वर्षमा काम भएको समेत उनको दावि छ । निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तरगत झुङ्गे देखि बागफाँटा र ब्रह्मदेवदेखि रौटेलासम्म दुई समानान्तर सडक निर्माण गरि त्यसलाई भीमदत्त चक्रपथको रुपमा विकास गरिएको छ ।

पछिल्ला पाँच वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा उलेख्य सुधार भएको पनि निवर्तमान सांसद भट्टको दावि छ । ‘तीन वटै तहको सरकारको आपसी सहकार्यमा धेरै कामहरु भएका छन् ।’ उनले भने ‘शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारसँगै पुर्वाधार निर्माणमा पनि हामीले जोड दिएको छौँ, कोरोनाले नरोकेको भए अझ धेरै काम भईसक्थे ।’

त्यस्तै सुदुरपश्चिम विश्वविद्यालयमा जडिबुडीबारे अध्ययन गर्न र नयाँ कार्यक्रमका लागि पनि कोर्स बनाउन पहल गरिएको उनले बताए ।

आफु निर्वाचित हुनु अघि रिफर सेन्टरको रुपमा रहेका महाकाली अस्पतालमा उलेख्य सुधार गरिएको सांसद भट्टले बताए । ‘हामी निर्वाचित भएपछि महाकाली अस्पताल सुधार गर्ने प्रमुख एजेण्जा थियो ।’

उनले भने ‘हामी आउँदा तीन जना डाक्टर हुन हुनु हुथ्यो, अहिले तीन दर्जन डाक्टरले सेवा दिईरहेका छन्, त्यसले यस क्षेत्रको निजि स्वास्थ्य संस्थाको विकासमा पनि सहयोग पुगेको छ ।’

गेटामा चिकित्सा विश्वविद्यालय र महाकालीलाई मेडिकल विद्यालय बनाउने योजना रहेको उलेख्य गदैँ ‘त्यसका लागि हामीले थुप्रै पहल ग¥यौँ, केही काम पनि अघि बढ्यो ।’

उनले भने ‘हाम्रो सरकार रहिरहेको भए गेटामा राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनिसक्थ्यो, महाकाली अस्पताल टिचिङ्ग अस्पताल बनि सक्थ्यो तर अहिलेको सरकारले त्यसलाई अवरुद्ध पारेको उनी बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...