
भीमदत्तलाई ऋण बोकाएको आरोप पुष्टि गर्न विष्टले दिए चुनौति, भने– कुन बैंक, कुन संस्था र व्यक्तिबाट ऋण लिएर ऋण लगाएको छु, प्रमाणित गर्नुस, त्यो ऋण म जिन्दगीभर लगाएर भए पनि तिर्छु


महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्यका उम्मेदवार एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले आफूलाई भीमदत्त नगरपालिकालाई ऋण बोकाएको आरोप लगाएर जनतलाई भ्रममा पार्न नसकिने बताएका छन् । उनले लगाएको ऋण बोकाएको आरोप पुष्टि गर्न पनि चुनौती दिदैं प्रमाणित भए आफूले तिर्ने बताएका छन् ।
कुन बैंक, कुन संस्था र ब्यक्तिबट ऋण लिएर नगरपालिकालाई ऋण लगाएको छु, प्रमाणित गर्नुस, त्यो ऋण म जिन्दगीभर लगाएर भए पनि तिर्छु’ भीमदत्त नगरपालिका १३ मा आयोजित चुनावी कार्यक्रममा उनले भने,‘ जनताका लागि विकासका योजना सम्झौता गरेका छौ, भ्रम नर्छ्नुस ।’

चुनावी प्रचारमा सुरु भएपछि काँग्रेसका उम्मेदवार बेल बहादुर रानाले केही दिन अघि दोधारा चाँदनीमा गरिएको सत्ता गठबन्धनको शुभ कामना आदानप्रदा कार्यक्रममा भीमदत्तलाई ऋण बोकाएको भाषण गरेका थिए । विष्ट भीमदत्तका निवर्तमान मेयर हुन् ।

काँग्रेस उम्मेदवार रानाको नाम नदिई विष्टले पटक पटक निर्वाचित भएर पनि जनतासम्म आउने बाटो नभएपछि भीमदत्तलाई ऋण बोकाएको आरोप लगाएर भ्रम छर्न खोजेकोमा आक्रोश पोखेका हुन् ।
‘पाँच वर्षे कार्यकालमा भीमदत्तको विकास र समृद्धिको खाका कोरिएको छ, विकास निर्माणका कार्य भएका छन्, नगरपालिकाको स्रोत साधनले भ्याएसम्मका सबै काम गरेका छौ’ उनले भने,‘पाँच वर्षमा के काम गरेका छौ, त्यो सबै जनताले देखेका छन्, भ्रम फैलाएर कोही भ्रममा पर्ने वाला छैनन् ।’
निवर्तमान मेयर विष्टको कार्यकालमा सम्झौता गरी अघि बढेका बहुउद्देश्यीय विकास योजनाको भुक्तानीलाई लिएर सत्ता गठबन्धनका उम्मेदवार विष्टलाई ऋण बोकाएको आरोप लगाउने अवस्थासम्म पुगेका छन् ।
‘जेठ ५ गतेसम्म हाम्रो कार्यकाल थियो, त्यो कार्यकालमा सम्झौता भएका योजानको भुक्तानी हामी त्यहाँबाट बाहिर आएपछि पनि हामी नै हो तिर्नु पर्ने’ उनले भने,‘५ करोड नउठ्ने राजश्वलाई २५ करोड बनाई दिएका छौ, विकासका योजनाका लागि सम्झौता गरिएको हो, अनि त्यो सम्झौताको भुक्तानी नदिएर ऋण बोकाएको भन्ने प्रचार गरी भ्रम छरेर केही फाईदा हुन्छ त ।’
