एमाले उम्मेदवार विष्टले दिए लेखकलाई बहसमा आउनु चुनौति, भने–हामी जे बोल्छौं, त्यो गर्छाैं, हामी सत्य तथ्य बोल्छौं’
दोधारा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूले चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् । सोमवार स्थानीय नेता, कार्यकर्तासँगको भेलालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य उम्मेदवार सुरेन्द्र विष्टले मंसिर ४ गतेअघि नै खुला बहसमा आउन कांग्रेस उम्मेदवार लेखकलाई चुनौती दिएका छन् ।
‘विकासका भाषण र कागजी प्रतिबद्धता गरेर मात्रै हुँदैन, काम गरेर देखाउनु पर्छ । मंसिर ४ गतेअघि नै रमेश लेखकसँग बहस गर्न तयार छु, आउनु होस्,’ उम्मेदवार विष्टले भने, ‘हामी जे बोल्छौं, त्यो गर्छाैं । हामी सत्य तथ्य बोल्छौं ।’
कांग्रेसले चुनाव प्रचारका क्रममा भ्रम फैलाउने काम गरिरहेको विष्टले आरोप लगाए । महाकाली नदीको रोयल्टीको विषयमा आरोप लगाइएपछि विष्टले स्पष्ट पारेका छन् ।
‘आर्थिक वर्ष २०७४÷७५ सम्म तत्कालीन जिल्ला विकास समितिले ठेक्का गर्ने गरेको थियो, दोधाराचाँदनीले कति बजेट पाउँथ्यो ? २०७५÷७६ मा दोधारा चाँदनी नगरपालिकाले आफैं कर पठाउँदा कति उठाएको थियो ? नगरपालिकामा हिसाब हेर्नुहोला ।
आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ मा दुवै नगरपालिकाबीच सम्झौता भएर ४८ लाख रुपैयाँ बाँडफाँट हुने सहमति भएको छ,’ विष्टले भने, ‘४८ लाख रुपैयाँ पहिलाभन्दा बढी हो । भीमदत्तले कहाँनिर कम दियो ? कहाँनिर अन्याय भयो ? यस्ता भ्रम किन छर्नुप¥यो ?’
दोधाराचाँदनी नगरपालिकाले आफैं रोयल्टी उठाउँदा वर्षभरि १२ लाख रुपैयाँ मात्रै उठाउन सकेको थियो । उम्मेदवार विष्टले नगरपालिकाको राजस्व फाँटबाट तथ्यांक ल्याएर हेर्न आग्रह समेत गरे ।
एमाले सरकारले दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्य अगाडि बढाएको सन्दर्भमा कांग्रेसले निर्माण कार्य पूरा नगरेको भनेर आरोप लगाइरहेकोप्रति उम्मेदवार विष्टले असन्तुष्टि जनाएका छन् ।
कांग्रेसप्रति कटाक्ष गर्दै विष्टले भने, ‘सुक्खा बन्दरगाह यात्रु प्रतीक्षालय बनाए जस्तो हो र ? एमाले सरकारले डीपीआर, ईआईए बनायो, काम अगाडि बढायो, त्यसपछि त सरकार नै ढालियो । कांग्रेसले सुक्खा बन्दरगाह बनाउने के ग¥यो ?’ आसन्न चुनावपछि बन्ने एमाले सरकारले नै बन्दरगाह निर्माणको कामलाई टुंग्याउने बताए ।
भीमदत्त नगरपालिकाको नगर प्रमुख (मेयर) हुँदा आफू सदैव दोधाराचाँदनी नगरपालिकासँग पनि नजिक रहेको विष्टले बताए ।
‘आगलागी हुँदा दमकल पठाउने, कोरोनाकालमा गौरीफन्टाबाट दोधाराचाँदनीका पीडितलाई ल्याउनेदेखि कुतियाकवरमा डुबान हुँदा सहयोग गर्ने काम हामीले गर्दै आएका थियौं,’ उनले भने, ‘जातीय र भेगीय कुराभन्दा पनि काम हेरेर मतदान गर्नुहोला । एमालेका उम्मेदवारसँग नै दोधाराचाँदनीको विकासका योजना छन् ।’
प्रतिनिधिसभा सदस्य उम्मेदवार निरु पालले एमालेको भिजनलाई कांग्रेसका उम्मेदवारले आफ्नो भएको जस्तो गरेर प्रचार गरिरहेको बताइन् । ‘बाढी, आगलागीका घटना हुँदा हामी साथमै छौं, महिला अधिकारलाई अगाडि बढाउँछौं,’ उनले भनिन् ।
निवर्तमान प्रतिनिधिसभा सदस्य डा. दिपकप्रकाश भट्टले विकासका अधुरा काम पूरा गर्न फेरि एमाले सरकार चाहिने बताएका छन् ।