ghar sansar

आचार सँहिता मिचेर घरदैलो गरिएपछि सत्ता गठबन्धनका उम्मदेवार मगरलाई सोधियो स्पष्टीकरण, आयोगले भन्यो– तपाई कारवाही किन हुनु नपर्ने हो ?

khasi

महेन्द्रनगर । निर्वाचन आयोगले कञ्चनपुर क्षेत्र नं. १ का सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिना मगरलाई स्पष्टीकरण सोधेको छ । चुनावी आचार सँहिता विपरित २५ जना भन्दा बढीलाई साथमा लिएर घरदैलो कार्यक्रम गरेको उजुरीपछि उनलाई बुधबार स्पष्टीकरण सोधिएको छ ।

माओवादी केन्द्रका नेता मगर सत्ता गठबन्धनमा माओवादी केन्द्रका उम्मेदवार हुन् । अघिल्लो निर्वाचन जितेका उनी तीन वर्ष बढी मन्त्री भएकी थिइन् । मगरले निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत हुने गरी २५ जनाभन्दा बढी साथमा लिएर घरदैलो कार्यक्रम गरेको दृष्य आफ्नै फेसबुक पेजबाट सार्वजनिक गरेकी थिइन ।

Anant bahu travels
dirghayi clinic

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण उल्लेख गरिएको छ ।

त्यस अन्तर्गत खण्ड (ख) मा ‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने भनिएको छ। खण्ड (ण) मा ‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकी सहित जान नहुने’ व्यवस्था छ ।

‘उल्लेखित सन्दर्भमा तपाईंबाट निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी बेलौरी नगरपालिकामा निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम भएको छैन भन्ने आधार कारण के छ?,’ स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईंले निर्वाचन आचार संहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरी निर्वाचन आचार पूर्व संहिताको उल्लंघन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही किन हुनु नपर्ने हो? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न अनुरोध छ।’

Himal dental
सम्बन्धित
Loading...