भीमदत्तमा यसरी हुँदैछ ग्राभेलमा भोटको राजनीति, अघिल्लो दिन चुनावी घरदैलो, अर्को दिन घरमै ग्राभेलका गाडी

महेन्द्रनगर । केही दिन नेपाली काँग्रेसको टोली मत माग्दैँ भीमदत्त नगरपालिका १८ स्थित सद्भावना टोलमा पुग्यो । स्थानीयले टोल पस्ने बाटोमा ग्राभेल गरी दिनेलाई भोट दिने सुनाएपछि उनीहरु फर्किए । त्यसको केही दिनपछि भीमदत्त नगरपालिकाले शनिबार उक्त सडकमा ग्राभेल फाल्यो ।

बाटोको नक्साङ्कन भन्दा निजी जमिनमा ग्राभेल हालिएपछि विवाद सिर्जना भयो । विवादपछि नेपाली कांग्रेसले मतदाता प्रभावित पार्न ग्राभेल हाल्न लगाएको खुलेको हो ।

janjyoti campus

निर्वाचन आचार संिहतामा चुनावको समयमा मतदाता प्रभावित गर्ने गरि काम गर्न नपाईने व्यवस्था छ । सद्भावना टोलमा निर्वतमान अध्यक्षले केही दिन अघि नेपाली कांग्रेसको टोली घरदैलो कार्यक्रममा आएको र स्थानीयले सडक ग्राभेलको माग गरेको बताए । ‘केही दिन अघि घरदैलोमा आउँदा स्थानीयले ग्राभेल मागेका रहेछन्’ उनले भने ‘चुनाव सुरु भएपछि आज ग्राभेल हालिएको छ ।’

मतदातालाई प्रभावित पार्न ग्राभेल हालिएको विपक्षी दलको आरोप छ । नेकपा एमाले भीमदत्त १८ वडाध्यक्ष विवेक भट्टले नेपाली कांग्रेसले सत्ताको चरम दुरुपयोग गरिरहेको बताए ।

उनले आशन्न निर्वाचनमा मत आफ्नो पक्षमा पार्न सत्ता दुरुपयोग गरि ग्राभेल फालिएको बताए । नेपाली काँग्रेसले कार्यकर्ता परिचालन गरि ग्राभेलसँग भोट साट्ने काम गरिरहेकोले त्यसमा निर्वाचन आयोगको ध्यानार्कषण हुनुपर्नेृ उनको भनाई छ । नगरपाकिाले हालेको उक्त ग्राभेल परिचालन गर्ने जिम्मेवारीमा नेपाली कांग्रेस भीमदत्त नगर समिति सभापती अच्युत कलौनी देखिएका थिए ।

भीमदत्त नगरपालिकाको मेयर, उप मेयरमा नेपाली कांंग्रेसले नेतृत्व गरिरहेको छ । निर्वाचन आचारसंहिता मिच्दैँ सरकारी निकायलाई चुनावको समयमा निर्दिष्ट कार्यक्रम बाहेक नयाँ योजना सुरु गर्न तथा ल्याउन मिल्दैँन् । तर भीमदत्त नगरपालिकाले भने रातो किताबमा नपरेका योजनाहरुमा काम गदैँ आईरहेको पाईएको छ ।

नगरपालिकाले मतदाता प्रभावित पार्ने गरि नगरका विभिन्न टोलहरुमा ग्राभेल हाल्ने काम गरिरहेको छ । निर्वाचनको समयमा आचार संहिता मिचेर मेयर पदम बोकटीले मतदाता प्रभावित पार्ने गरि काम गरिरहेको आरोप समेत लागेको छ ।

भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र देवकोटाले पालिकाले वडासँग कुनै समन्वय नगरि मनोमानि रुपमा ग्राभेल हाल्ने काम भईरहेको बताए । शनिबार पनि नगरपालिकाले एकलौटी रुपमा ग्राभेल हालेको र विवाद सिर्जना भएपछि स्थानीयले आफुलाई खबर गरेपछि मात्रै जानकारी पाएको उनले बताए ।

 

ghar sansar
सम्बन्धित
Loading...