ghar sansar

निरु पालले काँग्रेसप्रति कटाक्ष गर्दै भनिन्– आफूलाई विकासवादी भन्नेहरुका पार्टीमा चुनाव लड्न सक्ने योग्य महिला नभाका हुन्

little buddha academy
khasi

दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार निरुदेवी पालले आफूलाई विकासवादी भन्ने नेताहरुको पार्टीमा एक जना पनि महिला उम्मेदवार नभएकोमा कटाक्ष गर्दै महिला नेता छैनन् कि भनेर प्रश्न सोधेकी छन् ।

दोधारा चाँदनी नगरपालिका ७ कञ्चनभोजमा नेकपा एमालेमा प्रबेश गर्ने लर्कोलाई देखेर हौसिएका उम्मेदवार पालले २०५६ देखि काँग्रेंसमा एउटै व्यक्तिले उम्मेदवारी दिदै आएको भन्दै काँग्रेंसमा एउटा पनि महिला उम्मेदवार हुन लायक महिला नभएको हो कि, भन्ने प्रश्न गरेका छन् ।

आफुलाई विकासवादी नेता भन्नेहरुले अरुलाई अवसर नदिएर आफै मात्र पार्टीमा राजिई गर्दै आएको उनको आरोप छ् । महाकाली पक्की पुल लगाएत दोधारा चा“दनी नगरपालिकामा निमार्ण भएको सबै भौतिक निमार्णहरु आफै गरेको भन्द्र जनतामा भ्रम श्रजना गर्दै भोट फकाउन हिड्ने झुटो विकासवादी नेताहरुलाई अब आउदो मंसिर ४ गतेको निर्वाचनमा छर्लङ्ग हुने उम्मेदवार निरुपालले बताइन् ।

dirghayi clinic

एमाले श्रमजिवीको पार्टी भएको हुँदा दोधारा चाँदनी नगरपालिकाको शिक्षा, स्वास्थ्य, भौतिक निमार्ण लगायतमा एमालेले ठुलो पहल रहेको उनको भनाई छ ।

स्वास्थ्य, शिक्षा, भौतिक निमार्णमा एमालेले दोधारा चाँदनी नगरपालिकाका गरेको उल्लेख गर्दै उनले मंसिर ४ गते देशमा एमालेको सरकार आएपछि नयाँ नेपाल निर्माणसंगै समृद्ध नेपाल निमार्ण हुनेमा जनता ढुक्क हुन समेत आग्रह गरेकी छन् ।

दोधारा चाँदनी नगरपालिका ७ कञ्चनभोजमा आयोजित मतदातासंग भेटघाट कार्यक्रममा उम्मेदवार पालसंगै कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभा उम्मेदवार सुरेन्द्र विष्ट, एमाले जिल्ला कमिटी सदस्य गगन खत्री, हिरा थापा, वडा नं. ७ वडा कमिटि अध्यक्ष उत्तम सुनार लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।

कार्यक्रममा कञ्चनभोजमा २ सय भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली काँग्रेंस, नेकपा माओबादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका थिए ।

नव प्रबेशिका नेकपा एमालेका कार्यकर्ताहरुलाई नेकपा एमालेका कञ्चपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार, कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्टले फुलमालाले स्वागत गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...