विष्टको पाँच वर्षे उपलब्धिले चुनावमा पायो चर्चा, भन्छन् – तथ्य आफैं सत्य बोल्छ

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्टले आफ्नो पाँच वर्षे कार्यकालमा गरिएका मुख्य उपलब्धि सार्वजनिक गरिएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्य उम्मेदवार भएर चुनावी मैदानमा होमिएपछि विष्टले पाँच वर्षमा गरिएका प्रमुख २२ काम सार्वजनिक गरिएका छन् ।

विष्ट २०७४ को स्थानीय तह निर्वाचनमा भीमदत्तको मेयर निर्वाचित भएका हुन् । गत जेठ ५ गते कार्यकाल सकिएका उनी प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

janjyoti campus

विष्टले भीमदत्तमा ८३ किलोमिटर चक्रपथ निर्माण पहिलो कामका रुपमा राखिएको छ । भीमदत्तमा नगर वस सञ्चालन गर्ने लक्ष्य सहित विष्टले चक्रपथ अघि बनाएका हुन् । कोरोना महामारीले निर्माण पूरा हुन नसकेपछि उनी नगर वस सञ्चालन नगरी भीमदत्तबाट बाहिरिएका छन् ।

विष्टले उत्तरी क्षेत्रमा जैविक धार्मिक पर्यटन मार्ग र दक्षिणी क्षेत्रमा शुक्लाफाँटा पर्यटन मार्ग बनाएका छन् । ती दुबै मार्ग जोडेर चक्रपथ निर्माण योजना अघि सारिएको हो । जैविक मार्ग र पर्यटन मार्ग दुबैमा कालोपत्रे निर्माण कार्य अघि बढेको छ ।

प्रदेश सभा सदस्यका उम्मेदवार भएपछि विष्टले शुक्लाफाँटा पर्यटन मार्गलाई दोधारा चाँदनी नगरपालिकाको कुतियाकरवसम्म पुगाउने योजना अघि सारेका छन् ।

मेयर विष्टले सुदूरपश्चिम प्रदेशमा नगरपालिकाको आफ््नै लगानीमा महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालन गरेका छन् । सरकारी शुल्कमा विद्यार्थीले अध्ययन गर्न पाएका छन् । प्राविधिक शिक्षालयमा पहिलो वर्षमा अध्ययन गर्नका लागि कोटा भन्दा बढी विद्यार्थी आएका थिए ।

विष्टले आफ्नो पाँच वर्षे कार्यकालमा १७ किलोमिटर नयाँ बाटो खोलेका छन् । स्थानीय तह निर्वाचन अघि कालोपत्रे बाटो नपुगेको भीनपा १९ बागफाँटामा उनी मेयर भएपछि सडक कालोपत्रे गरिएको थियो । नगरपालिकाका सबै वडामा ४८ किलोमिटर सडक विष्टको कार्यकालमा कालोपत्रे गरिएको छ । २ सय ४८ किलोमिटर सडकमा ग्राभेल गरिएको छ ।

भीमदत्तको सबैभन्दा दुर्गम वस्ती खल्ला मुसेट्टीमा विष्टले विद्युत र टेलिफोन टावर पुगाएका छन् । विष्टको पहलमा खल्लामा करोडौ लगानीको खानेपानी योजना निर्माण हुन लागेको छ । उनी निर्वाचित भएपछि खल्लासम्म सार्वजनिक सवारी सञ्चालन गरिएको थियो ।

उम्मेदवारी दर्तापछि संयुक्त पत्रकार सम्मेलनमा निवर्तमान मेयर विष्टले आफूलाई खल्ला र कुतियाकवर दुबैको पीडा दुख्ने गरेको बताएका थिए । उनले खैरभट्टी र कुतियावर जोड्न आफू प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा आएको बताएका थिए ।

एमालेमा विद्यार्थी राजनीतिबाट आएका उनी अहिले एमाले कञ्चनपुरका अध्यक्ष छन् । एमाले जिल्ला सचिव हुँदा भीमदत्तको मेयर भएका उनलाई कमजोर बनाउन योजनाद्ध रुपमा अवरोध गरिएको थियो । उनी ती सबै अवरोध वास्ता नगरी अघि बढेका थिए ।

प्रदेश सभा सदस्यका उम्मेदवार भएपछि उनले तथ्यले सत्य बोल्छ भन्दै आफूले पाँच वर्षे कार्यकालमा गरिएका २२ प्रमुख काम सार्वजनिक गरेका छन् । उनले एमालेमा बोलेको कुरा पूरा गर्ने नेताको पहिचान बनाएका छन् ।

 

 

ghar sansar
सम्बन्धित
Loading...