ghar sansar

भीमदत्तको ग्राभेलमा लफडा चर्किन थाल्यो, तिलकपुरमा ट्रिपरमा ढुङ्गा प्रहार

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको टिप्परमाथि ढंगा प्रहार भएको छ । भीमदत्त नगरपालिकाको म१ग ३२ नम्बरको टिप्परमा ढुंगा प्रहार भएको हो ।

dirghayi clinic

नगरपालिकाको वडा नं. १ रौटेला खोलाबाट ग्राभेल लिएर फर्कि रहेको टिप्परमाथि वडा नं. ३ तिलकपुरमा अपरिचत व्यक्तिले ढुंगा प्रहार गरेको नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।

Anant bahu travels

‘मोटरसाइकलमा आएका दुई जनाले टिप्परलाई रोकेर अगाडिको सिसामा ढंगा हानेका छन्, सिसा चर्केको छ,’ उनले भने, ‘विभिन्न वडाका सडकमा ग्राभेल हाली रहेका छौं, ग्राभेल ल्याउन गएको एउटा टिप्परमा ढंगा प्रहार भएको हो ।’

टिप्परमाथि ढुंगा प्रहार गर्नेहरुको खोजीका लागि प्रहरीलाई मौखिक जानकारी दिएको उनले बताए। ‘अहिले प्रहरीको सहयोगमा टिप्परहरु कार्यालयमा लिएका छौं,’ उनले भने, ‘उनीहरुले टिप्परमाथि किन ढंगा प्रहार गरे, त्यसबारे खुल्न बाँकी छ ।’

Himal dental
सम्बन्धित
Loading...