
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ (ख) का प्रदेश सदस्यका एमाले उम्मेदवार कृपाराम रानाले मतदाताका घरदैलोमा पुगेर सहयोगका लागि आग्रह गरि रहेका छन् । निर्वाचन नजिकिदै गर्दा निर्वाचनलाई लक्षित गरेर रानाले घरदैलो अभियानलाई तिव्रताका साथ अघि बढाएका छन् । उनी विकासका योजना,एजेण्डाहरु सुनाउँदै आफ्ना पक्षमा मत माग्न घरदैलोमा व्यस्त देखिएका हुन् ।
बिहीवार शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ को कालागौडीमा मतदातासंग भोट माग्दै उनले भने, ‘जनताको अपेक्षा र समस्या पहिल्याउन घरदैलोमा आएको छु । विकासका एजेण्डा सहित घरदैलो अभियान जारी रहेको र नागरिकको समस्या बुझेर समाधानका लागि पहल गर्नेछु ।’

‘घरदैलोमै पुगेर समस्याका बारेमा बुझिरहेका छौँ, मागका आधारमा हामी काम गर्नेछौँ,उनले भने ।’ घरदैलो र भेटघाटका क्रममा जनताको साथ अपेक्षित पाएको उत्साहित भएको बताउँदै रानाले चुनाव जित्नेका ढुक्क रहेको धारणा राखे ।
उनले आफूलाई जनताले जिताएमा अबको ५ वर्ष निरन्तर जनताको सेवा र यहाँको विकासका निमित्त काम गर्ने प्रतिबद्वता गरेका छन् ।
जनताले जे आवश्यकता महसुस गरेका छन्, तिनै आवश्यकतालाई सम्बोधन गर्नेगरी आफु अघि बढ्ने उनको भनाई
छ । गठबन्धन सरकाले उपहार स्वरुप जनतालाई उपभोग्य बस्तु,पेट्रोलियम पदार्थ लगायतका महंगी उपहार दिएको बताए । गठबन्धन सरकारले जनतालाई दैनिक गुजारा गर्ने वातावरण समेत सिर्जना नगरको उनले बताए ।
उनले नेकपा एमालेलाई बहुमतका साथ विजयी गराएर पठाएपछि एमालेले प्राथमिकताका साथ जग्गाधनी लालपूर्जा प्रदान गर्ने बताए । केपी ओली नेतृत्वको एमाले सरकाले भूमिहीन सुकुम्बासीको समस्या सामाधानका लागि आयोग गठन गरी काम चलिरहेको अवस्थामा परमादेशी सरकारले आयोग नै विघटन गरेर काम ठप्प पारेको उनले आरोप लगाए ।
जनताका सम्पूर्ण समस्या समाधान संगै देशमा विकास,समृद्धि,सुशासनका लागि नेकपा एमालेलाई जिताउन आवश्यक रहेको उनको भनाई थियो ।
