ghar sansar

दोधारा चाँदनीमा एमाले उम्मेदवार विष्टले भने– मंसिर ४ पछि प्रतिस्पर्धी मामालाई भीमदत्तको विकास देखाउन घुमाउँछु, गाविस अध्यक्ष हुँदा के गर्नु भएछ त्यो म हेर्छु

khasi

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष एवम् निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (२) का उम्मेदवार सुरेन्द्र विष्टले सीमा अतिक्रमणको प्रतिकार गर्ने बताएका छन् ।

शुक्रबार दोधारा चाँदनीमा टोल भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी सबै राष्ट्रलाई माया गर्छौ, दोधारा चाँदनीमा सीमा विवाद छ, त्यो विवाद हुन दिदैनौं, हाम्रो भूमिमा कसैले पनि आँखा लगाउन पाउदैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको नजिक भनिएकाहरुले सेनाले मझगाउँ विमानस्थल निर्माण रोक्दा काम गराउन नसकेको उनले बताए ।

dirghayi clinic

‘अहिलेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको नजिकको पात्र हुँ भनिरहनु भएको छ,’ उनले भने, ‘कति नजिक हुनु हुन्छ भन्ने त देखियो । सेनाले विमानस्थलको जग्गाको लालपूर्जा बनाएको छ, त्यसको क्याबिनेटबाट एउटा निर्णय गराउन सक्नु भएको छैन् ।’

महाकाली, जोगबुढामा तटबन्ध, अव्यवस्थित बसोबासी, सुकुम्बासीलाई घर, भानु माध्यमिक विद्यालयलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने उनले बताए ।

‘स्वरोजगार, नमूना नगर, जंगली जनावरको रोकथाम गर्छौ,’ उनले भने, ‘हामी स्पष्ट योेजना, समृद्ध दोधारा चाँदनी र भीमदत्त बनाउँछौं ।’

निर्वाचनपछि प्रतिस्पर्धी बेल बहादुर रानालाई विकास देखाउन भीमदत्तका सबै ठाउँमा घुमाउने उनको भनाई छ ।

‘उहाँले भीमदत्तमा गएर खोइँ विकास भन्नु भएछ, ४ गतेपछि मेरो निजी खर्चमा मेरा आदरणीय उम्मेदवार (मामा) लाई प्रत्येक ठाउँमा घुमाउँछु, विकास देखाउँछु,’ उनले भने, ‘उहाँलाई खल्लामसेट्टी लग्छु, उज्यालो भीमदत्त देखाउँछौं, उहाँले गाविस अध्यक्ष हुँदा के गरे छन् काम हेर्छु, उहाँबाट सिक्नु छ ।’

Himal dental
सम्बन्धित
Loading...