ghar sansar

विष्टको विकास मोडेलले दोधारा चाँदनीमा जगायो आश, मतदाता भन्छन्– भीमदत्तमा जस्तै यहाँ पनि विकास गरुन भन्ने चाहन्छौ

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्टको खैरभट्टी कुतियावकर विकास मोडेलमा दोधारा चाँदनीका मतदाता विकासमा आश्वस्त देखिन थालेका छन् । भीमदत्त नगरपालिकाका निवर्तमान मेयर विष्ट विभिन्न योजना सहित विकास मोडेल लिएर मतदाताको घरदैलोमा पुगेका छन् ।

दोधरा चाँदनीका स्थानीय गणेश सिंह भाटले विष्टको विकास मोडेलले आफूहरु विकास हुनेमा आशावादी देखिएको बताए । ‘वहाँ भीमदत्त नगरपालिको मेयर हुदाँ त्यहाँ धेरै विकास निर्माण काम भएका छन्, जसरी भीमदत्तमा विकास भयो, त्यसै गरी दोधारा चाँदनी पनि विकास चाहन्छ’ उनले भने,‘वहाँमा विकासको भिजन छ, त्यो प्रदेश सरकारमा गएपछि दोधरा चाँदनीका लागि फलदायी हुनेमा विश्वस्त छौ ।’

lotus institite

प्रदेश सभा क्षेत्र ख मा भीमदत्त नगरपालिकाका ७ वडा र दोधरा चाँदनी नगरपालिका पर्छ । अघिल्लो स्थानीय तह निर्वाचन मेयर लडेका उनी यस पटक प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् । उनी एमाले कञ्चनपुरका अध्यक्ष हुन् ।
भीमदत्तको पाँच वर्षे कार्यलमा नगरपालिका उत्कृष्ठ बनेको थियो । नगरपालिकाका स्रोत साधन प्रयोग गरी उनको कार्यकालमा थालिएका रणनीतिक योजनाका काम अहिले निरन्तरता दिइएका छन् ।

विष्टको कार्यकालमा ८३ किलोमिटर लम्बाईको बाह्य चक्रपथ, भित्री चक्रपथ, सडक निर्माण तथा स्तरोन्नति, जैविक धार्मिक पर्यटन मार्ग, शुक्लाफाँटा पर्यटन मार्ग, महाकाली अस्पताल सुधार, मझगाउँ विमानस्थल पुनः सञ्चालनमा साझेदारी, महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालन लगायतका काम रिएका छन् ।

daimond public

भीमदत्तमा २५ वर्षे रणनीतिक योजना बनाएका उनले पाँच वर्षे कार्यकालमा एक सय भन्दा बढी कानुन बनाएका छन् । उनले मेयर उद्यमशिलता कार्यक्रम सञ्चालन गरी युवालाई रोजागरी दिएका छन् । सबै वडा कार्यालयका भवन बनाएका उनी अहिले प्रदेश सभा क्षेत्रलाई समृद्ध बनाउने लक्ष्य लिएर चुनावी मैदानमा होमिएका छन् ।

विष्टको खैरभट्टी कुतियाकवर विकास मोडलमा दोधारा चाँदनी नगरपालिकाको नगर विकास योजना निर्माण, भानु बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालको आंगिक क्याम्पस बनाउने, प्राविधिक शिक्षालय सञ्चालन गर्ने, ५० शैयाको अस्पताल स्थापना गर्ने, सर्पदशं उपचार केन्द्र दोधरा चाँदनीमै स्थापना गर्ने, जोगबुढा पक्की पुल र तटबन्ध निर्माण गर्ने लगायतका योजना समावेश गरिएका छन् ।

दोधरा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माणसँगै आधुनिक भन्सार स्थापना गरी आर्थिक क्षेत्रका रुपमा विकास गर्ने योजना बनाएका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा एमालेले पोलिटब्युरो सदस्य निरुदवी पाल प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । उनले सीमा समस्या समाधानसँगै भीमदत्तलाई स्मार्ट सिटी र बाबाथानलाई आधुनिक व्यवस्थित बजार बनाउने लगायतका योजना अघि सारेका छन् ।

Himal dental
सम्बन्धित
Loading...