ghar sansar

आरजुले सल्लेखानमा ठकुरानीलाई सम्झिन्, सुदूरपश्चिममा महिलालाई फेरि चुनाव लडाउन भने कहिल्यै सम्झेन काँग्रेस

dirghayu ad

महेन्द्रनगर । प्रधानमन्त्री शेर बहादुर देउवासंगै बैतडीको तल्लो स्वराड क्षेत्र पुगेकी प्रधानमन्त्र पत्नि आरजु राणाले मंगलबार पूर्व मन्त्री स्वर्गिय द्वारिका देवी ठकुरानीलाई सम्झिएकी छन् ।

शिवनाथ गाउँपालिकाको सल्लेखानमा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा उनले भनिन्, ‘द्वारिकाजी हाम्रो घरमा धेरै सवारी गर्नु हुन्थ्यो, मलाई ए नानी भन्नु हुन्थ्यो,’ आरजुले भनिन् ‘उहाँ स्मार्ट लाग्नु हुन्थ्यो ।’

ratnam malkhad

पञ्चेश्वर गाउँपालिकाकी स्वर्गिय ठकुरानी २०१५ फागुन ७ गते भएको पहिलो आम निर्वाचनमा तत्कालिन क्षेत्र नं. ६६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् । ३,९०३ मत ल्याएर निर्वाचित उनी २०१६ जेठमा विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा गठित मन्त्रिमण्डलमा स्वास्थ्य तथा स्वायत्त शासन उप मन्त्री भएकी थिइन् । त्यसपछि मन्त्रीमण्डल पुनर्गठन हुँदा स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन सहायकमन्त्री भएकी थिइन् ।

नेपालको मन्त्रीमण्डलमा समावेश हुने ठकुरानी पहिलो महिलामन्त्री हुन् । बीपी कोइरालाको मन्त्रीमण्डलमा द्वारिकादेवी र उनका भाइ शिवराज पन्त खाद्य, कृषि र वनमन्त्री बनेका थिए । एउटै बुबाका दुई छोराछोरी मन्त्री हुनेमा ठकुरानी र पन्त पर्छन् ।

पहिलो आम निर्वाचनमा महिला जिताएको काँग्रेस त्यसपछि भने सधैं पछाडि परेको छ । २०४८ पछिका सबै आम निर्वाचनमा हालसम्म काँग्रेसबाट अहिलेसम्म सुदूरपश्चिममा महिला निर्वाचित भएका छ्रैनन् ।

अघिल्लो निर्वाचनमा प्रधानमन्त्री आरजु देउवालाई कैलाली ५ बाट चुनाव लडाए पनि उनी पराजित भएकी थिइन् । सत्ता साझेदार माओवादी केन्द्रबाट अघिल्लो निर्वाचनमा विना मगर साँसद निर्वाचित भएर खानेपानी तथा सरसफाई मन्त्री भएकी थिइन् ।

त्यस अघि २०६४ को संविधान सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रमा लिला भण्डारी र रेणु चन्द निर्वाचित भएकी थिइन् । संविधान सभा सदस्य निर्वाचनमा पराजित एमाले नेता निरुदेवी पाल यस पटक संसदमा निर्वाचित हुने लक्ष्य लिएर चुनावी मैदानमा आएकी छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का एमाले उम्मेदवार पालले काँग्रेसले महिलालाई उम्मेदवार समेत बनाउन नसकेर सबै महिलाको अपमान गरेको आरोप लगाएकी छन् ।

‘पूरानो पार्टी पनि भनेर नहुने रहेछ, अहिलेसम्म यस क्षेत्रमा एक जना महिला उम्मेदवार बनाउन सकेको छैन’ उनले भने,‘हामी महिला दिदी बहिनीलाई चुनाव लडाउन नसक्ने पार्टी पनि पार्टी हुन्छ’ त्यसैले महिला दिदी बहिनी सशक्त भएर अघि आउनु पर्छ ।’

काँग्रेसले कञ्चनपुरमा २०४८ पछि अहिलेसम्म महिला उम्मेदवार बनाएको छैन । एमालेबाट यस पटक कञ्चनपुरमा निरुदेवी पाल, डोटीमा गौरी ओली र माओवादी केन्द्रबाट विना मगर चुनावी मैदानमा छन । कञ्चनपुरमा काँग्रेसबाट दुई केन्द्रीय सदस्य रमेश लेखक र एनपी साउद सदावहार उम्मेदवार छन् ।

काँग्रेसमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि बनाएको मापदण्ड समेत मिचेर उम्मेदवार सिफारिश गरिएका छन् ।

कञ्चनपुर ३ मा रमेश लेखक र प्रेम विष्ट उम्मेदवारका लागि सिफारिश गरिएका थिए । २ मा एनपी साउँद, हरि बोहरा र प्रेम बलायर सिफारिश गरिएका थिए । निर्वाचन क्षेत्र नं . १ मा दिवान सिह विष्टको एकल नाम सिफारिश गरिएको थियो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा चुनाव लड्ने इच्छा राख्ने महिला नभएको नेताहरुले बताए । समानुपाकितमा भने धेरै जनाको सिफारिश गरिएको थियो ।

काँग्रेसमा एक महिला सहित तीन जनाको नाम सिफारिश गर्ने मापदण्ड बनाइएको थियो । सल्लेखानमा ठकुरानीलाई सम्झेकी देउवालाई प्रधानमन्त्री देउवाले परिचय गराएका छन् । उनले पत्नि देउवाले त्यस क्षेत्रका लागि केही गर्न सक्ने बताए ।

भीमदत्त नगरपालिकाका निवर्तमान उप मेयर ठकुरानीका आफन्त सुशिला चन्द सिहले पार्टीभित्र योगदान र क्षमताको मूल्याङ्कन गर्ने प्रणाली नभएसम्म महिलाले अवसर पाउन सक्ने अवस्था नभएको बतइन् । ‘यतिका वर्षसम्म महिलाले चुनाव लड्न नपाउने भनेको कस्तो अचम्म हो’ उनले भनिन्,‘पार्टीले गम्भीर भएर सोच्नु पर्छ ।’

Himal dental
सम्बन्धित
Loading...