महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ स्थित नेकपा एमालेको वडा सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । निर्वाचनमा मौन अवधि सुरु भएपछि शुक्रबार राति सम्पर्क कार्यालय तोडफोड गरिएको छ ।
कार्यालय तोडफोड गरी ब्यानर र झण्डा फालिएका छन् । एमालेको भीमदत्त नगर कमिटीले सम्पर्क कार्यालय तोडफोडको निन्दा गरेको छ ।
एमालेले सम्पर्क कार्यालय तोडफोडको जानकारी प्रहरी कार्यालयलाई दिएको छ।