ghar sansar

मौन अवधिमा सत्ता गठबन्धनभित्रै आशपमा कुटाकुट, काँग्रेस कार्यकर्ताबाट भीमदत्तमा समाजवादी र शुक्लाफाँटामा माओवादी कार्यकर्ता कुटिए

dirghayu ad

महेन्द्रनगर । निर्वाचन प्रचारको समय सकिएर मौन अवधि सकिएपछि सत्ता गठबन्धनका कार्यकर्ता एक आशपमा कुटाकुट गरी घाइते भएका छन् । सत्ता गठबन्धनमा काँग्रेस कार्यकर्ताले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्तालाई कुटपिट गरेका छन् ।

शनिबार माओवादी केन्द्रको शुक्लाफाँटा नगर कमिटी सदस्य दिलिप साउँद काँग्रेस कार्यकर्ताबाट कुटिएर घाइते भएपछि उपचारका लागि झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिकमा भर्ना गरिएका छन् ।

western public academy

शुक्लाफाँटा नगरपालिका ३ जोनापुरमा काँग्रेस कार्यकर्ता कुमार बिष्ट (दिलिप) र विनोद बिष्ट उनलाई शनिबार साँझ कुटपिट गरेका छन् । कुटपिटबाट बेहोस उनलाई पोलिक्लिनिक भर्ना गरिएको छ । साउँदको दाहिने आँखामा गम्भीर चोट लागेको छ । उनका दाँत भाँचिएका छन् । दाँतमा ११ टाँका लगाइएका छन् ।

काँग्रेस कार्यकर्ता विष्ट दाजु भाईले उनीहरुको पसलमा विना कारण आफूलाई कुटपिट गरिएको साउँदले बताए । ‘मैलै मूल्य सोधेपछि एकाएक हानियो, कि रहेछ’ केही थाह भएन’ उनले भने । माओवादीको जनमुक्ति सेनाका साउँदकी धर्मपत्नि केशर चौधरी साउँद माओवादी केन्द्रको वडा कमिटी अध्यक्ष छन् ।

साउँदलाई कुटपिटमा प्रहरीलाई जानकारी दिइएको छ । इलाका प्रहरी कार्यालयका झलारी प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिहले घट्नाबारे जानकारी नआएको बताए ।

यस अघि शुक्रबार राति भीमदत्त नगरपालिका १ राजीपुरमा काँग्रेस कार्यकर्ताले समाजवादीका रतन बहादुर कुँबरलाई कुटपिट गरेका छन् ।

राजीपुरस्थित समाजवादीको घर गएका कुँबरले पैसा बाँडेको भन्दै काँग्रेस कार्यकर्ता हिक्मत विष्टले कुटपिट गरेका छन् । कुँबरको टाउकोमा चोट लागेको छ । विष्टले पनि आफू घाइते भएको भन्दै उपचारका लागि भर्ना भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...