महेन्द्रनगर । डडेल्धुरा प्रदेश सभा(२)मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोबिन्द बोहरा र एमालेका गजेन्द्र बहादुर शाहीलाई पराजित गर्दै जोशी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। काँग्रेसका बोहरा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री हुन् ।
अन्तिम मतपरिणाम अनुसार जोशीले ११ हजार १ सय ६२ मत पाएका छन्। प्रतिस्पर्धी बोहराले १० हजार ७ सय ३७ मत पाउँदा एमालेका शाहीले १ हजार ५ सय ३५ मत मात्रै पाए ।