ghar sansar

एमाले कञ्चनपुरले भन्यो – चुनाव पराजयको आन्तरिक र बाह्य दुबै कारणको गम्भीर समीक्षा हुन्छ

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भएको पराजयको सीमक्षा गरी आगामी दिनमा पार्टी नेता कार्यकर्तालाई रचनात्मक भूमिका सहित परिचालन गर्ने भएको छ ।

प्रतिनिधि सभा र र प्रदेश सभा सदस्य निर्वाचन सकिएपछि एमालेले शुक्रबार विज्ञप्ति प्रकाशित गरी आगामी दिनमा पार्टीलाई सशक्त रुपमा परिचालन गर्ने सार्वजनिक गरेको हो ।

lotus institite
daimond public

एमाले कञ्चनपुरका इन्चार्ज निरुदेवी पाल र अध्यक्ष सुरेन्द्र विष्टले हस्ताक्षरित विज्ञप्तिमा आगामी दिनमा जनजीविका, राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्धिका सवाललाई निरन्तर रुपमा उठाइने उल्लेख गरिएको छ ।

‘निर्वाचनमा भएको पराजयको आन्तरिक र बाह्य कारणको गम्भीर समीक्षा गरी आगामी दिनमा रचनात्मक भूमिका सहित पार्टी पंक्तिलाई सशक्त रुपमा परिचालन गरिनेछ’ विज्ञप्तिमा भनिएको छ,‘जीत हार जेसुकै भए पनि हाम्रो पार्टीका उम्मेदवार, नेता, कार्यकर्ता र पार्टी पंक्ति अनवरत रुपमा जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गर्दछौ ।’

एमालेले सत्ता गठबन्धनले निर्वाचनमा सत्ताको दुरुपयोग गरेर पनि रोक्न नसकेको उल्लेख गर्दै सबै मतदातालाई धन्यवाद दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...