सुदूरपश्चिमका तीन नगरपालिकामा बाल श्रम र मानव बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना सञ्चालन

Amity

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहमा बाल श्रम शोषण रोकथाम, स्थानागमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना सञ्चालन भएको छ । आफन्त नेपाल र एटविन नेपालले प्लान इन्टरनेशनल नेपालको सहयोगमा धनगढी उप महानगर, भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकामा परियोजना सञ्चालन गरिएको छ ।

भारतसित सीमा जोडिएका क्षेत्रलाई लक्षित गरी ती तिनै स्थानीय तहका ११ वडामा परियोजना सञ्चालन गरिएको परियोजना संयोजक बीर बहादुर नेपालीले बताए ।

janjyoti campus

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाको प्रमुख आतिथ्यमा सोमबार परियोजनाको परिचयात्मक बैठक गरिएको छ । बैठकमा धनगढी उप महानगरका उप मेयर कन्दकला राना सहित आफन्त नेपालका अध्यक्ष सीता पौडेल, एटविनका बेनमाया गुरुङ्ग, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली लगायतका सहभागी भएका छन् ।

भीमदत्त र कृष्णपुर नगरपालिका प्रतिनिधि सहित सहभागी भएका छन् । कार्यक्रममा राज्य मन्त्री टेक बहादुर रैकाले नागरिकमा अक्षरश कानुन पालना गर्ने संस्कार नभएसम्म कार्यान्वयन हुन नसक्ने बताएका छन् । उनले कानुन कार्यान्वयनमा समाजबाटै अवरोध आउने गरेको उल्लेख गरे ।

‘कानुन नीति जति राम्रो बनाएर मात्रै भएन, जे जति सकिन्छ, त्यसको कार्यान्वयन महत्वपूर्ण हो’ उनले भने,‘सरकार बाहेक बाहिर समाज पनि छ, त्यसलाई पनि चिन्न जरुरी छ, अपराधीलाई जोगाउने काम पनि समाजबाट भएको छ ।’

राज्यमन्त्री रैकाले मानव बेचबिखन अपराध न्यूनीकरणका लागि प्रदेश सरकार खुला सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्न सक्ने हैसियतमा नभएको बताए । ‘प्रहरी प्रदेश सरकार मातहत छैन, संघ सरकारसित आग्रह गर्ने मात्रै हो’ उनले भने,‘प्रदेश सरकार कडा निगरानी गरी न्यूनीकरणका काममा लाग्नु पर्नेमा दृढ छ ।’

कार्यक्रममा धनगढी उप महानगरपालिकाका उप मेयर कन्दकला रानाले अशिक्षा र बेरोजगारीका कारण मानव बेचबिखन हुने गरेको उल्लेख गर्दै उद्यमशिलता, क्षमता अभिवृद्धि र पराशर्मका कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

भीमदत्त नगरपालिकाको सामाजिक विकास समितिका सभापति सुशिल कुमार भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा परियोजना संयोजक नेपालीले परियोजना र एटविनका बेनु माया गुरुङ्गले हालसम्म सञ्चालन गरिएका कार्यक्रम सम्बन्धी जानकारी दिइन् ।

मानव बेचबिखन र बाल श्रम न्यूनीकरणका लागि धनगढी उप महानगर सहित भीमदत्त र कृष्णपुर नगरपालिकाका ११ वडामा परियोजना सञ्चालन गरिएको छ ।

कार्यक्रममा परियोजना संयोजक बीर बहादुर नेपालीले परियोजना सम्बन्धी जानकारी गराए । ८ महिनासम्म सञ्चालन हुने कार्यक्रममा बाल श्रम र मानव बेचबखिन जोखिममा परेका महिला तथा बालबालिका लक्षित समूहका रुपमा राखिएका छन् ।

कार्यक्रममा सहभागीहरुले मानव बेचबिखन न्यूनीकरणका लागि गैर सरकारी क्षेत्रका प्रयास मात्रै पर्याप्त नभएकाले सरकारी निकाय गम्भीर हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ कञ्चनपुरका उपाध्यक्ष अतिर तिरुवाले मानव बेचबिखन नियन्त्रण रोकथामका लागि कार्यरत धेरै संस्था सीमा क्षेत्रमा हुँदा सर्वसाधारणबाट अनावश्यक हैरानी व्यहोर्न परेको गुनासो आउने गरेकाले त्यसलाई पनि न्यूनीकरणमा ध्यान दिनु पर्ने उल्लेख गरे ।

ghar sansar
सम्बन्धित
Loading...