पोलि हाउसभित्र पुनर्वासका किसानले यसरी गर्दैछन् तरकारी खेती

Amity

महेन्द्रनगर । पुर्नवास नगरपालिकाकाकाका किसानलाई तरकारी खेती पोलि हाउस निर्माणका लागि सहयोग गरिएको छ । स्वीट नेपाल कञ्चनपुरको आयोजना तथा युएनडिपी नेपाल र पुर्नवास नगरपालिकाको सहयोगमा सञ्चालित एकीकृत जीविकोपार्जनको पहलद्वारा कोभिड १९ पुर्नप्राप्ति परियोजना अन्र्तगत पुनर्वास ११ का २० परिवारलाई सहयोग गरिएको छ ।

यस क्षेत्रमा रहेका रोजगार गुमाई नेपालमा वेरोजागर रहेका युवा, जनजाती, दलित,एकल महिला, विपन्न समुदायका व्यक्तिलाई पोलि हाउस निर्माणाका लागी पलाष्टिक,बिउ, थोपा सिचाई,मल,बिषादी,औजार, क्रेट लगायतका सामाग्री सहयोग गरिएको छ ।

janjyoti campus

त्यसै गरी पुर्नबास नगरपालिका वडा न ११ मा १५ जना किसानहरु र वडा न ७ मा ३५ जना किसानहरु लाई च्याउखेती उत्पादनका लागी सहयोग गरिएको छ उनीहरुलाई बिउ,बिषादी,पलास्टिक घर, पोलिबेग, हजारी, क्रेट, कालोपलाष्टिक, डोरी, ड्रम लगायतका साम्रगीहरु लगायत तालिम लगायतको सहयोग गरिएको जानकारी संस्थाका जेटिए लक्ष्मी बलमे जानकारी गराए ।

यसैगरी अती बिपन्न समुदायका पुर्नबास नगरपालिकाको वडा न ६ र ७ मा ११ मा ५० जना भन्दा बढी किसानहरु लाई तरकारी खेतीका लागी सहयोग गरिएको छ तरकारी खेतीका लागी बिउ,जैविक मल,स्प्रे टयाङ्की,तरकारी बोक्ने भाडो,हजारी, औजार, मल, बिषादी, कुटो कोदालो लगायत समान सहित तालिम समेत दिई उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सहयोग गरेको छ । संस्थाले सहयोग गरेपछि किसानहरु तरकारी बेच्ने तथा च्याउहरु उत्पादन गर्नेमा ब्यस्त रहेका छन् ।

अहिले दोस्रो चरणमा किसानहरु आफनो बारीमा तरकारी लगाउने,च्याउको घर निर्माण गरी बिउ सार्ने,तथा गोडमेल गरिरहेका छन भने केही किसानहरुले टमाटर लगायत तरकारी बेच्न समेत लागेका छन् ।

यसभन्दा अघी पुर्नबास नगरपालिकामा हल्दी तथा अदुवा खेती लगायतमा पनि स्वीट नेपालले सहयोग गरेको छ । पुर्नबास नगरपालिका र युएनडिपीको आर्थिक सहयोगका पुर्नबास नगरपालिका ६ वटा वडाहरुमा कार्यक्रम संचालनमा रहेको जानकारी स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले जानकारी गराएका छन् ।

ghar sansar
सम्बन्धित
Loading...