ghar sansar

वन कार्यालयको अनुमति विना महेन्द्रनगर माविमा काटिए रुख

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालयमा अनुमति विना रुख काटिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मौका छापेर विद्यालयले जामुन सहितका रुख काटेको छ । वन कार्यालयबाट अनुमति नलिई काटिएका ती रुखका गोलिया र हाँगाबिँगा विद्यालयमा छन् ।

विद्यालयले विशेष शिक्षा समितिको बैठकबाट निर्णय गरी रुख काटेको छ । चुनावका बेला समितिले बैठकले ती रुख पर्खालमा पर्ने र ढलेर क्षति हुन सक्ने भन्दै काट्ने निर्णय गरेको थियो । त्यस अनुसार विद्यालयले तीन रुख काट्न लगाएको हो ।

dirghayi clinic

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले विशेष शिक्षा समितिको निर्णय गरेपछि वन कार्यालयलाई जानकारी गराउने गरी रुख काटिएको बताए ।

‘विद्यालयमा विशेष शिक्षाको भवनको लागि पर्खाल बनाउनु थियो, ती रुख पर्खालको सीमामा परेका थिए, ढलेर क्षति हुन सम्भावना पनि थियो’ उनले भने,‘त्यस कारण विशेष शिक्षाको समितिको बैठक बसेर निर्णय भाको हो, वन कार्यालयलाई खबर गर्ने जानकारी गराउने कुरा चाहँ गरेको हो ।’

वन कार्यालयले भने रुख कटान सम्बन्धी कुनै पनि जानकारी नभएको जवाफ दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...