ghar sansar

घाँटी रेटेर हत्या गरिएकी मायाको परिवारलाई पञ्चेश्वर गाउँपालिकाको अढाई लाख सहयोग

महेन्द्रनगर । पञ्चेश्वर गाउँपालिकाले शिवनाथमा हत्या गरिएकी माया र घाइते नेहा लुहारको परिवारलाई अढाई लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

पालिकाले घटनाको भत्सर्ना गर्दै दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरेको छ । गाउँपालिकाका तर्फबाट उपाध्यक्ष बीना भट्टले एक बिज्ञप्ति निकाल्दै उक्त माग गरेकी हुन् ।

lotus institite
daimond public

गाउँपालिकाका प्रवक्ता जनक बहादुर चन्दले मृतक र घाइतेका परिवारलाई अढाई लाख रुपैया गाउँपालिकाले यथासिघ्र उपलब्ध गराउने बताए ।

मंगलबार साझ वडा नं.–४ फ्याउलीकी २१ वर्षीया मायाको शव शिवनाथ मन्दिर नजिक भेटिएको थियो । नेहा घाइते छिन । मायाको हत्यामा सशस्त्र प्रहरी जवानको संलग्नता रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले बताए ।

Himal dental
सम्बन्धित
Loading...