
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघमा कञ्चनपुरबाट वरिष्ठ उपाध्यक्ष सहित ६ जना कार्य समितिमा पुगेका छन् । उनीहरु महासंघको १६ औं वार्षिक साभारण सभा र ८ औं अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष सहित सदस्य भएका छन् । उनीहरुमा दुई सदस्य चुनाव लडेर निर्वाचित भएका छन् ।
सुदूरपश्चिम प्रदेश महासंघको वरिष्ठ उपाध्यक्षमा कमलेश कपाडी निर्वाचित भएका छन् । उनी निर्माण व्यवसायी संघ कञ्चनपुरका पूर्व महासचिव हुन् । समितिमा केशवराज भट्ट, आशिष कुमार खत्री, दाउत तामाङ्ग, शक्ति पन्त विष्ट र गोरे सिह ऐर सदस्य भएका छन् । सदस्यमा खत्री र भट्ट दुबै चुनाव लडेर सदस्य निर्वाचित भएका हुन् ।

अघिल्लो कार्य समितिमा महासंघमा कञ्चनपुर पूर्व अध्यक्ष गजेन्द्र बहादुर चन्द वरिष्ठ उपाध्यक्ष थिए । प्रदेश महासंघबाट पहिलो पटक वरिष्ठ सहित ६ जना प्रतिनिधित्व हुन पुगेको छ ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले महासंघमा कञ्चनपुरबाट अहिलेसम्मकै सबैभन्दा बढी सहभागिता भएको बताए । ‘पहिला भन्दा अहिले हाम्रो सहभागिता मजबुत भाको छ’ उनले भने ।
