ghar sansar

बेदकोटमा यसरी हुन पुग्यो छाडा चौपाया व्यवस्थापनमा बबाल

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकामा स्थानीय तह निर्वाचनको ८ महिनासम्म छाडा चौपाया व्यवस्थापनका कार्य अघि बढ्न नसकेपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । स्थानीयले छाडा पशु चौपाया नगरपालिका कार्यालय ल्याएर हुलि दिएपछि मेयर भोजराज बोहराले सर्बदलीय बैठक बोलाएर समाधानका लागि अग्रसरता लिएका छन् ।

बेदकोट नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापनका लागि उप मेयर तुलसी जोशीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । कार्य दलको अध्ययनपछि सहकारी संस्थासित सम्झौता बाहेक अन्य कार्य अघि बढ्ने नसकेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाले बैजनाथ महिला बुहउद्देश्यीय सहकारी संस्थासित जनशक्ति र चारो व्यवस्थापनका लागि १० लाखमा सम्झौता गरेको छ ।

,orning glory badhai

सहकारीसित सम्झौतासित बैतोडास्थित बालज्योति माध्यमिक विद्यालयको १२ बिगाहा जमिन सहकारीले भाडामा लिएको छ । नगरपालिकाले भने विद्यालयलाई सहयोग गर्ने शर्तमा जमिन भाडामा लिएको दावी गरेको छ ।

बेदकोटमा उप मेयर नेतृत्वको कार्यदलले सामुदायिक पशु चौपायाको दिर्घकालिन समाधानका लागि विस्तृत योजना तयार गर्ने, कार्यदल निर्माण गर्ने, मस्यौदा समिति निर्माण गरिएका छन् ।

उप मेयर जोशीले आफ्नै सहकारीलाई व्यवस्थापनलाई जिम्मा दिएपछि विवाद झन बल्झिएको छ । मन्जु सिह कार्य वाहक अध्यक्ष भएको सहकारीमा जोशी निर्वाचित हुन अघि अध्यक्ष थिइन् । सहकारीले छाडा चौपाया व्यवस्थापनका लागि छुट्याएको ४० बजेट लिन प्रस्तावना पेश गरे पनि १० लाखमा मात्रै सम्झौता गरिएको छ ।

‘नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि सूचना प्रकाशित गरेको थियो, त्यसमा बैजनाथ सहकारीले करिब ३ करोड रुपैयाँको प्रस्ताव पेश गरेको थियो,’ नगरपालिका स्रोतले भन्यो, ‘तर अन्तिममा कर्मचारी व्यवस्थापनका लागि मात्र उक्त संस्थासँग नगरपालिकाले सहकार्य गर्न खोजेको हो ।’

dirghayi clinic

कार्यपालिका बैठकमा पनि उपमेयर जोशीले चौपाया व्यवस्थापनका लागि बैजनाथ सहकारी नै उपयुक्त भएकाले संस्थासँग सम्झौता गर्नु भन्दै दवाव दिदैँ आएको कार्यपालिका सदस्यले बताए ।

सहकारी संस्थाकी कार्यवाहक अध्यक्ष मञ्जु सिंहले कर्मचारी व्यवस्थापनका लागि नगरपालिकासँग सम्झौता गरिएपनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका कारण आचारसंहिता लागेपछि काम अगाडि नबढेको बताइन् ।

‘हामीले बैतडास्थित बालज्योती माध्यमिक विद्यालयको करिब १२ बिगाहा जमिन भाडामा लिएर छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढाएका थियौँ, त्यसका लागि परालको जोहो पनि गरेका थियौँ,’ उनले भनिन्, ‘तर, काम सुरु नहुँदै विवाद भयो। यो संस्थाको संस्थापक उपप्रमुख नै हुनु हुन्छ।’

एमाले जिल्ला कमिटी सिह प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एमाले छाडेर काँग्रेस प्रवेश गरेकी थिइन् । सहकारीको जिम्मा दिएर नगरपालिकाबाट बजेट हाल्ने आश्वासन दिएर सिहलाई उप मेयरले पार्टी प्रवेश गराएको कांग्रेसका नेताले बताए ।

बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले वडा नं. १० हरपालका महिलाहरुले करिब सय वटा गाइगोरु चुरे फेदीको चुनेपानी क्षेत्रमा छाड्न लगिरहेका थिए । ती गाई गोरुलाई गाउजीमा महिलामाथि हातपात गरी फर्काएपछि आन्दोलन चर्किएको हो । स्थानीयले उप मेयर जोशीको नेतृत्वमा महिलामाथि हातपात गरिएको आरोप लगाएका छन् ।

चुनेपानी लग्न अवरोध गरी छाडिएका गाई गाई गोरु चुरे क्षेत्रमा मरेको भेटिएपछि नगरपालिका झन विवादमा परेको थियो । बुधबार सर्वदलीय बैठक अघि नगरपालिका कार्यालयमा व्यापक रुपमा प्रहरी परिचालन गरिएका थिए ।

दैजी बजार व्यवस्थापन समिति अध्यक्षसमेत रहेका तेजबहादुर ठकुल्लाले स्थानीय तह, प्रदेश र केन्द्र सरकारले करिब ३ करोड रुपैयाँ दिने गरी व्यवस्थापनको योजना अघि बढाएपछि यो समस्या झनै बल्झेको बताए ।

Himal dental
सम्बन्धित
Loading...