ghar sansar

बेदकोटको पत्रकार सम्मेलनमा एमाले र समाजवादी हावी, सत्ता पक्षका नगर प्रवक्ता नै अनुपस्थित

महेन्द्रनगर । बेदकोट नगरपालिकाले छाडा पशु चौापाया व्यवस्थापनका लागि गरेको पत्रकार सम्मेलनमा एमाले र समाजवादीका वडा अध्यक्ष सबैभन्दा बढी सक्रिय भएका छन् । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा र उप मेयर तुलसी जोशी सहित तीन ठूला दलका नेता सहभागी पत्रकार सम्मेलनमा उनीहरु सक्रिय देखिएका छन् ।

बेदकोट नगरपालिका २ का वडा अध्यक्ष नरेश बहादुर सिह र ८ का अध्यक्ष महेश जोशी सम्मेलनमा सबैभन्दा बढी सक्रिय भएका छन् । सिह एमाले र जोशी समाजवादीबाट निर्वाचित अध्यक्ष हुन् । पत्रकार सम्मेलनमा उनीहरु बाहेक एमालेबाट निर्वाचित ९ नम्बरका वडा अध्यक्ष रतन सिह विष्ट, कार्यपालिका सदस्य पवन नेपाली लगायतका सहभागी भएका छन् ।

काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष नगर प्रवक्ता चित्रदेब भट्ट सहित अधिकाँश अनुपस्थित भएका छन् । बैठकमा काँग्रेसका नगर उप सभापति भोजराज भट्ट, एमाले नगर अध्यक्ष हरिश भाट, माओवादी नगर अध्यक्ष लाल परियार सहित सहभागी भएका छन् ।

पत्रकार सम्मेलनमा जोशीले कार्यपालिका निर्णय सार्वजनिक गर्दै सबै वडामा कान्जी हाउस निर्माण गरेर अल्पकालिन रुपमा छाडा पशु चौपाया व्यवस्थापन गरिने बताए । ‘अहिले बेदकोट नगरका १०वटै वडाहरुमा अस्थायी रुपमा कान्जी हाउस निर्माण गरेर राख्ने निर्णय भएको छ, ‘उनले भने, ‘दिर्घकालिन रुपमा समाधान गर्न कार्यपालिका एकमत भएको छ ।’

अर्का कार्यपालिका सदस्य सिहले पनि चुरे क्षेत्रमा मृत भेटिएका पशु चौपाया र गाडिएका पशु चौपायाबारे छानबिन समिति बनाउने निर्णय भएको बताए ।

उनका अनुसार पशु शाखा प्रमुख तर्कराज भट्टको संयोजकत्वमा स्थानीय प्रहरी सहित, सातदिन भित्र छानबिन गरेर प्रतिवेदन बुझाउने र दिगो व्यवस्थापनका लागि कृषि शाखा प्रमुख देवराज बडू संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिलाई १५ दिनभित्रै प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

Himal dental
सम्बन्धित
Loading...