ghar sansar

एजेण्डा जानकारी नदिई बैठक बसेको भन्दै भीमदत्त नगरपालिका १८ का अध्यक्ष देबकोटाद्वारा बहिस्कार

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले कार्यपालिका बैठकका एजेण्डा जानकारी नगराए बैठक बसाएपछि वडा अध्यक्ष रविन्द्र देबकोटो बैठक बहिस्कार गरेका छन् । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष देबकोटाले बिहीबार एजेण्डा सम्बन्धी जानकारी नभएर नगरपालिका कार्यपालिकाको छैठौ बैठक बहिस्कार गरेका हुन् ।

‘बैठक छ भनेर मलाई जानकारी आएको थियो, त्यसमा के एजेण्डा छन् भनेर केही उल्लेख गरिएका थिएन, एजेण्डा जानकारी नभएपछि म बैठकमा सहभागी भईन’ उनले भने ।

lotus institite
daimond public

भीनपा १८ का अध्यक्ष देबकोटाले यस अघि पनि कार्यपालिका बैठक बहिस्कार गरेका थिए । नगरपालिकाले राष्ट्रपति चुरे शैक्षिक कार्यक्रम अन्र्तगत एकलौटी विद्यालय छनौट गरेपछि उनले बैठक बहिस्कार गरेका थिए ।

भीमदत्त नगरपालिकाले बिहीबार विहान ११ बजेदेखि कार्यपालिका बैठक बोलाएको थियो । बैठकमा ठेक्कापट्टाको म्याद सम्बन्धी छलफल गरी निर्णय गरिएको बैठकमा सहभागी सदस्यहरुले बताए ।

भीनपा १८ का अध्यक्ष देबकोटा भने अघिल्लो आर्थिक वर्षमा कटौती योजनाको बजेट माग गर्दै धर्नामा बसेका छन् । उनले पत्थपुर सडक र भगतपुर सडकमा धर्ना बसेका छन् ।

Himal dental
सम्बन्धित
Loading...