भीमदत्तमा मेयर बोगटीलाई दिन थालियो दबाव, एमालेदेखि धुपमान निषेधका अभियन्ता चन्द सहितले बुझाए एकपछि अर्को मागपत्र

Amity

महेन्द्रनगर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सकिएपछि भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी स्थानीयको दबावमा पर्न थालेका छन् । गत वैशाखमा स्थानीय तह निर्वाचनमा निर्वाचित भएका बोगटीलाई पछिल्लो पटक विभिन्न विकास निर्माणका माग पत्र बुझाएर दबाव दिन थालिएको हो । पछिल्लो दुई साता उनी सबैभन्दा बढी दबावमा परेका छन् ।

नेकपा एमालेको भीमदत्त नगर कमिटीदेखि वडा अध्यक्ष र धुमपान निषेधका अभियन्ता सहित मेयर बोगटीलाई माग पेश गरी दबावमा राखेका छन् । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देबकोटाले सडक कालोपत्रेको बजेट कटौती विरुद्ध गत साता सुरु गरेको धर्ना दिएर दबाव दिन थालेका थिए । उनले सोमबार निम्बुखेडा पुगेर धर्ना दिएपछि मेयर बोगटीले उनका सबै माग पूरा गर्ने प्रतिवद्धता गरेका छन् ।

janjyoti campus

अघिल्लो वर्ष वडामा सुरु गरिएका सडक कालोपत्रेका योजनाको बजेट कटौती गरिएपछि अध्यक्ष देबकोटा पत्थपुरबाट धर्ना बस्न सुरु गरेका थिए । पत्थपुरबाट सुरु गरिएको धर्ना भगतपुर, गोबरैया हुँदै निम्बुखेडा पुगेपछि बोगटी कटौती गरिएको बजेट दिने निर्णय गर्न बाध्य भएका छन् ।

मेयर बोगटीले सोमबार कटौती बजेट दिने निर्णय गर्न अघि एमालेको भीमदत्त नगर कमिटीले महाकाली नदीको अवैध उत्खनन रोक्नु पर्ने सहितका विभिन्न २० बँुदे माग राखेर मेयर बोगटीलाई ज्ञापन बुझाएको छ ।

संविधान प्रदत्त अधिकार उपभोग गर्न पाउनु भीमदत्त नगरबासीको अधिकार भएको स्मरण गराउदै नगर कमिटीले त्यस अनुरुप काम नभएको भन्दै आपत्ती जनाएको छ । नगरबासीका माग र आवश्यकताको समाधान समानताको आधारमा गर्नु भन्दा पनि राजनीतिक आस्था, आग्रह र पूर्वाग्रह साँधेर काम भइरहेको आरोप एमालेले लगाएको छ ।

नगर कमिटी अध्यक्ष हिमाल बहादुर चन्दको नेतृत्वमा गएको टोलीले नगरपालिकाले नजिकका कार्यकर्ता तथा आसेपासेहरुलाई पोस्ने काम गरिरहेको जनगुनासो सर्वत्र भएकाले त्यसलाई समयमै सच्याउन पनि आग्रह गरेको छ ।
ज्ञापनपत्रमा उल्लेखित विषयहरुमा यथासिघ्र सम्बोधन गरी कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

एमालेपछि धुमपान निषेधका अभियन्ता मदन चन्द सहितले मंगलबार खुला मञ्च व्यवस्थापनको माग गर्दै मेयर बोगटीलाई मागपत्र बुझाएका छन् । खुला मञ्चको उचित व्यवस्थापन, सार्वजनिक शौचालय र खानेपानी व्यवस्था गर्नु पर्ने माग गर्दै माग पत्र बुझाइएको छ ।

धुमपान निषेधका अभियन्ता चन्दको नेतृत्वमा पालिका कार्यालय पुगेका स्थानीयले खुलामञ्चको संरक्षण हुन नसकेको, फोहोरमैलाले दुर्घन्धित हुँदै गएको र पानी नहुँदा यहाँ रहेका सार्बजनिक शौचालय पनि प्रयोगविहीन अवस्थामा रहेको गुनासो गरेका छन् ।

टोलीमा सहभागी पुस्तक बिक्रेता नवराज भट्टले नियमित जस्तो खेलकुद प्रतियोगिता हुने गरेको मञ्च फोहोरले दुर्घन्धित भएपनि संरक्षणका लागि नगरपालिकाले पहल नगरेको गुनासो गरे ।

‘प्याराफिट बस्न लायक छैनन्, रंगरोगन गर्नुपर्ने अवस्थामा छन्,’ उनले भने, ‘तारबार गरी नगरपालिकाले सार्बजनिक सम्पत्तीको संरक्षणमा ध्यान दिनुप–यो।’

खुलामञ्चमा खेलाडीहरुका लागि चेञ्जिङ रुम समेत बनाउन माग गरिएको छ । यहाँ रहेका सार्बजनिक शौचालय पनि काम नलाग्ने अवस्थामा पुगेका छन् । पानी नहुँदा ती प्रयोगमा छैनन् । तिनको मरम्मतसम्भार गरी प्रयोगमा ल्याउन पनि स्थानीयले नगरप्रमुख बोगटी समक्ष माग गरेका छन् ।

नगरप्रमुख बोगटीले माग सम्बोधनको आश्वासन दिएको स्थानीयले बताए। ‘यी मागहरु सम्बोधन गर्नका लागि हामी नगरप्रमुखलाई घचघच्याइरहने छौँ,’ भट्टले भने ।

ghar sansar
सम्बन्धित
Loading...