ghar sansar

स्ववियु निर्वाचनका लागि लड्दालड्दै नेवि संघ जिल्ला नेतृत्व पाएका नरेश काँग्रेस महाधिवेशन प्रतिनिधि

khasi

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचनमा नरेश पण्डित एकाएक चर्चामा आएका थिए । नेपाल विद्यार्थी संघ कञ्चनपुरका अध्यक्ष पण्डित स्ववियु सभापतिका दाबेदार थिए ।

काँग्रेसको तत्कालिन शेखर कोइराला समूहले पण्डितलाई संघको जिल्ला अध्यक्ष बनाएको थियो । तत्कालिन संस्थापन देउवाको एनपी समूहले रमेश चटौतलाई संघको अध्यक्ष बनाएको थियो ।

स्ववियु चुनावमा काँग्रेसका पण्डित र चटौत समूहको आन्तरिक विवादले स्ववियु निर्वाचनमा व्यापक चर्चा पाएको थियो ।

केन्द्रीय क्याम्पसले चुनाव गराउन नसक्ने भन्दै स्थगित गरेपछि दुबै समूह आ आफ्नो राजनीतिमा लागेका थिए ।

१५ औं महाधिवेशनसम्म पुग्दा पण्डित तत्कालिन सभापति शेर बहादुर देउवाले नेतृत्व गरेको १५ औं महाधिवेशनका पक्षधर भएका छन् । देउवाका विश्वासपात्र साउँदले अध्यक्ष बनाएका चटौत विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको संस्थापनमा पुगेका छन् ।

पण्डित संस्थापन इतरको १५ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि भएका छन् । बेल्डाँडी गाउँपालिका ३ का उनी कञ्चनपुर १ बाट महाधिवेशन प्रतिनिधि भएका हुन् ।

dirghayi clinic

महाधिवेशन प्रतिनिधि भएर पण्डितले काँग्रेस पार्टी राजनीतिमा सक्रिय हुने सन्देश दिएका छन् ।

महाधिवेशन प्रतिनिधि भएपछि उनी पार्टीभित्र युवा, विद्यार्थीका मुद्दा र पार्टी एकताका लागि आवाज उठाउने बताउँछन् ।

‘पार्टीभित्र युवाको अर्थपूर्ण प्रतिनिधित्व, विद्यार्थी तथा युवाका सवाल, संगठन सुदृढीकरण र पार्टीभित्र एकता कायम गर्न, अग्रजको अनुभव र युवाको ऊर्जालाई एकसाथ जोड्न सक्रिय हुन्छ’ उनले भने ।

नेपाल विद्यार्थी संघको राजनीतिबाट पण्डित पार्टी राजनीतिमा प्रवेश गरेका छन् । उनी २०७४ मा संघको क्षेत्रीय सदस्य भएर विद्यार्थी राजनीतिमा आएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालय अध्ययन थालेपछि उनी स्ववियु चुनावका लागि लड्दै आएका थिए । स्ववियु निर्वाचनमा भएको झडपमा उनी आफंै घाइते भएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयमा पटक पटक स्ववियु निर्वाचन स्थगित भएको थियो । तीन वर्ष अघि २०८० मा उनी नेपाल विद्यार्थी संघको अध्यक्ष भएका थिए ।

‘नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि (युवा तर्फ) मलाई सर्वसम्मत चयन गर्नु हुने सम्पूर्ण नेतागण, क्षेत्रीय प्रतिनिधि र सभापतिज्यूहरुलाई हार्दिक धन्यवाद’ पण्डितले भनेका छन् ।

Himal dental
सम्बन्धित
Loading...