ghar sansar

कुमाली गाडको उकालो

khasi

रनि विवश

२० साउन २०८२, साँझ ५ बज्दै गर्दा म दशरथ नगरपालिका २ को चैसिर गाउँ पुगेको थिए । कुमाली गाडको उकालोमा असिनपसिन हँुदै जन चेतना आधारभूत विद्यालय पुगेपछि थोरै राहत महसुस भएको थियो ।

त्यहाँबाट केही सिधा हिँडेपछि फेरि देहीमाण्डौ बजार पुग्न अर्को उकालो हिँड्न पर्ने थियो । जे होस, कुमाली गाड खोला पार गरे पछि अलि उकालो कटेपछि गाडी हिँड्ने र मान्छे हिँड्ने पुरानो बाटो छन् । गाडीको बाटो लामो भएकाले पुरानो बाटो भाएर उकालो काट्न मनस्थिति बनाएको थिए ।

एक दशक अघि सम्म गाडी नचल्दा सबैले हिँड्ने यही त उकालो बाटो थियो । अहिले फाट्टफुट्ट मात्रै यो बाटो प्रयोग हुने गर्छ ।

उकालो हिडेको केही छिन पछि एक महिला घासको भारी बोकेर हिँड्दै थिइन् । पिठ्युँमा घाँस बोक्नु पर्ने गाउँघरका महिलाको दिन चार्य नै मानिन्छ । ती महिलाले हातमा भएको मोबाइलमा गीत बजि रहेको थियो । उनी घरी घरी मोबाइलमा गीत चेन्ज गर्दै हिँडि रहेकी थिइन् । केही समय पछि आधा उकालो नपुदै आफ्नो घरको बाटो लागिन् ।

मलाई भने अझै उकालो पार गर्न थियो । हुनत म तराई आउन अघि म धेरै पटक कुमाली गाड खोलाको बाटो भएर आउजाउ गरेको थिए । त्यो बेला यो बाटो भएर बिहानदेखि साझसम्म घोडा र खच्चर दौडिन्थे । देहीमाण्डौबाट समान तल्लो स्वराड पुग्ने सवारी त्यो बेला घोडा र खच्चर मात्रै थिए । अहिले गाडीले यी सबै बिस्थापित भएका छन् ।

उकालो कटेर चैसिर गाउ पुग्दा सम्म बाटोमा मान्छेहरु हतार हतार हिँडेको देखिन्थे । बर्खा याममा पानीको डर र साँझ भएकाले त्यस्तो भएको अनुमान गर्न सकिन्थ्यो ।

जन चेतना आधारभूत बिद्यालयमा बर्खे बिदा भएको छनक प्रवेशद्वारमा हालिएको बारले प्रष्ट दिएको थियो ।

प्रबेशद्वार बनाउन सक्ने अवस्था नभएका बिद्यालयले बर्खे बिदा भएपछि संरक्षणका लागि काँडा ल्याएर बार लगाउने गरिन्छ । यो बार लगाउने काम सानैदेखि देखेको मलाई अहिलेसम्म हट्न नसकेकोमा अनौठो लाग्यो । अहिले स्थानीय, प्रदेश र संघ सरकारले बिद्यालय सहयोग गर्छन् ।

चैसिर गाउको उकालो पुग्न अघि बाटोमा केही पसल छ्न । त्यसपछि उकालोको फेदमा बाक्लो बस्ती छ । ती घर पुग्न अघि बाटो छेउमा सानो खोकामा बसेर एक जना भाई केही गर्दै थिए ।

ती भाई निङ्गलाशैनी माबिमा कक्षा ११ मा पढ्दा रहेछन् । विद्यालय समय बाहेक उनी खोकामा बस्ने गर्छन । उनी चाहिँ नागरिकता बनाउने समय कुरेर बसेका रहेछ्न । उमेर पुगेपछि नागरिकता बनाएर विदेश जाने मुड बनाई सकेका छन् ।

उनका बुवा वैदेशिक रोजगारका लागि मलेसियामा छन् । नागरिकता बनाएर उनी बुवासंगै विदेश जाने लक्ष्य उनले बनाई सकेका छन् ।

गाउँ सहर सबैतिर बिदेशको लहड छ । वैदेशिक रोजगारीले गाउँदेखि सहर युवा विहिन हुने अवस्थामा पुगेका छन् । देशमा केही अवसर छैन भाष्य बलियो गरी युवाको मन मस्तिष्कमा जरा गाडेर बसि सकेको छ । युवालाई देशको कर्णाधार भनिन्छ । भविष्यका कर्णाधार बिदेश जाने सोच देशलाई निकै घातक हुनेमा दुई मत छैन ।

मेलौली नगरपालिका ३ ढणौनबाट दशरथ नगरपालिका ७ को ऐचेकाडा सुर्काल हुँदै देहीमाण्डौसम्म गाडी चल्छ । गाडी चल्न अघि ग्वाल्लेक जङ्गल हुदै सुन्नाखान भएर देहीमाण्डौ आउजाउ गरिन्थ्यो ।

देहीमाण्डौ नजिकको बजार हो । त्यही भएर घरायसी समान किनमेलदेखि घ्यू,भट्ट लगायत दाल बेच्न देहीमाण्डौ बजार बासिन्दाहरु आउजाज गरी रहन्छन् । गाडी चलेपछि पुरानो बाटो फाट्टफुट्ट प्रयोग आउने गरिएको छ ।

यस पटक म पैदल भएर सुर्कालको बाटो भएर देहीमाण्डौ आएको आएको हो । देहीमार्डौंबाट मलाई तराई आउन थियो । साउन १५ गते म देहीमाडौबाट दुर्गास्थान हुँदै पैदल घर पुगेको थिए । 

दुर्र्गास्थान माथिको उकालो चढु्दै गर्दा अध्याँरो भई सकेको थियो । गु्बाणी, दमौले हुँदै थला पुगेपछि मात्रै उकालो सकिन्छ । गुबाणीबाट अलि माथि उकालो पुगेपछि सुर्काल हुँदै आएको सडक दमौले भएर मेरै गाउँसम्म पुग्छ । दमौले पुग्न अघि सडकको घुम्तीबाट गोठानी, दबानी, किम्तोली, सुर्काल, कपर्तसम्मको झलमली देखिन्थ्यो ।

दशरथ चन्द नगरपालिका ७ का वडा अध्यक्ष हरिदत्त बडु प्रहरी सेवाबाट रिटायर भएर २०७९ को स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।

dirghayi clinic

दुर्गास्थानस्थित केदारेश्वर माध्यमिक विद्यालयमा ६ देखि १० कक्षासम्म संगै पढेका हामी दुई एसएलसी दिएपछि छुट्टिएका थियौ ।

म शान्ति आधारभूत बिद्यालय ढणौन र बडू केदारशिला माबि सुर्कालबाट दुर्गास्थान आएका थियौ । हामीले पढ्दा ती दुबै बिद्यालय ५ कक्षासम्म मात्रै थिए । अहिले शान्तिपुर ८ र केदार शिलामा १० सम्म भएको छ ।

म उच्च शिक्षा अध्ययनका लागि तराई झरे । बडुले प्रहरी सेवामा जागिर खाए । एक पटक उनी सेवामा हँुदा गडडाचौकीमा भेट भएको थियो । यस पटक चाहिँ उनीसित जन प्रतिनिधिको हैसियतमा भेट भयो ।

विद्यार्थी जीवन सम्झना, पारिवारिक सुख दुखका कुराकानीसंगै राजनीतिक र वडा अध्यक्ष भए पछि गरेका काम सम्वन्धि लामो कुराकानी भयो । वडा कार्यालयमा कुराकानी गरी म सुर्कालको गाउ भएर जङ्गलको बाटो भएर कुमाली गाड पुगेको थिए ।

पाच बर्षमा सबै चुनावी बाचा पूरा गर्ने गरी अघि बढेको वडा अध्यक्ष बडुले सुनाए । प्रमुख चुनावी एजेण्डामा राजनीति भएको देखेर बडू चिन्तित पनि देखिए ।

वडा भरिका सबै बासिन्दालाई शुद्ध खानेपानी पुगाउने उनको प्रमुख चुनावी एजेण्डा थियो । अहिले यो एजेण्डा राजनीतिक भूमरीमा फसेको छ । सुर्काल वारीपारी खानेपानीमा ठूलो राजनीतिक लडाँई छ । काँग्रेस एमाले राजनीतिको मारमा दु्बै बस्ती बाँडिएका छन् ।

सुर्कालका बडु एमालेबाट जितेका हुन् । यस अघि माइखर्कका चक्रराज शर्मा काँग्रेसका थिए । बडु पहिलो पटक राजनीतिमा पाइला टेकेर पहिलो प्रयासमै जन प्रतिनिधि भएका छन् ।

साबिक दुर्गास्थान गाबिसलाई मेलौली र दशरथ चन्द नगरपालिका गरी दुई तिर बाडिएको छ । अचम्म त के छ भने दुर्गास्थानको साबिक ८ ९ १ २, ३ लाई मेलौलीमा छ्न । बिचका सबै वडा दशरथ चन्दमा छन् ।

यसो हेर्दा साबिक दुर्गास्थानको टाउको र पुच्छर एकातिर, अनि ढाड अर्कैतिर हालिएको छ । चैसिर गाउको उकालो कटेर अलि तेर्सो बाटो हिँडेपछि देहीमाण्डौ बजारको पश्चिमी कुना आउछ । निङ्गलाशैनी भगवती मन्दिरसम्म तन्किएको यो बजार धेरै पूरानो हो। कुनै बेला गुल्जार हुने यो बजार पनि अचेल सुनसान हुन पुगेको छ ।

हुन त साँझपिख भएकाले त्यसै पनि सुनसान हुने नै थियो । निङ्गलाशैनी भगवती मन्दिर नजिक पुग्न अघि विशाल खेल मैदान आउँछ ।

दुर्गास्थान पढ्दा विरेन्द्र शिल्ड हेर्न र समान किनमेलका लागि देहीमाडांै आउँदा यो मैदानसित पुरानो साइनो छ ।

एक पटक दुर्गास्थान माविले विरेन्द्र शिल्ड उपाधि लैजाँदा दिनभरि देहीमाडांैमा रहेर घर फर्किएको थिए ।

खेल मैदान पहिले भन्दा साँघुरो जस्तो देखिन्छ अचेल । खेल मैदान छेउतिर भेटिए दशरथ चन्द नगरपालिका २ का वडा अध्यक्ष सुरेन्द्र बोहरा ।

एमालेका स्वर्गिय नेता चन्द्र बहादुर बोहराका छोरा हुन् सूर्य । २०७४ मा थोरै मतले पराजित भएका बोहरा २०७९ मा वडा अध्यक्ष निर्वाचित भएका थिए ।

वडा अध्यक्ष बोहरासित पुरनो चिनजान र सम्बन्ध भएकाले गफगाफ भयो । देहीमाडौंस्थित निङ्गलाशैनी माध्यमिक विद्यालयमा बोहरा र मैले एकै वर्ष एसएसली परीक्षा दिएका थियौ ।

एसएलसी परीक्षामा एक दिन केन्द्र बाहिर नाराबाजी भएको थियो । त्यहीं नाराबाजी, परीक्षा दिँदाका सम्झना लगायतका कुरा गर्दै वडा अध्यक्ष बोहरासित विदा भएर छुट्टिए ।

बर्खा याम भएकाले पानी त परेको थिएन, पर्ने जस्तो देखिन्थ्यो । भ्याम्मै साँझ परेपछि बजार सुनसान हुँदै जान थाल्यो ।

बजारका व्यवसायीहरु घर फर्किने तरखर गर्न थाले । मेरो त आखिर गन्तव्य नै अन्तै थियो । अर्को बिहानै तराई झर्ने गरी त्यहीं दिनका लागि व्यवसायीसंगै मिसिएर बजार बाहिर हुन पुगे । 

Himal dental
सम्बन्धित
Loading...