ghar sansar

साँसदले सुधारेको स्वास्थ्य केन्द्र, पाँच वर्षमै स्तरीय सेवा प्रवाह

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले पाँच वर्षमा अनपेक्षित प्रगति हासिल गरेको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत गैर सरकारी संस्था निक साइमनसित साझेदारपछि स्वास्थ्य केन्द्रले स्वास्थ्य सेवा प्रवाहमा अनपेक्षित उपलब्धि हात पारेको हो ।

पाँच वर्ष अघि २०७४ को निर्वाचनमा एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पताल बनाउने चुनावी वाचा गरेका थिए ।

चुनाव जितेछि उनले चुनावी वाचा अनुसार स्वास्थ्य केन्द्र सुधारका लागि निक साइमनसित साझेदारी गरी सुधारका कार्य अघि बढाएका हुन् । स्वास्थ्य केन्द्रमा चिकित्सक सहितको जनशक्ति थप गरी केन्द्र सुधारका लागि निवर्तमान साँसद भट्टले कार्य अघि बढाएका थिए ।

dirghayi clinic

निवर्तमान साँसद भट्टको पाँच वर्षे कार्यकाल सकिएपछि स्वास्थ्य केन्द्रले हासिल गरेको उपलब्धि देखिएका छन् । केन्द्रमा गरिएको मास मिनिमम स्ट्याण्ड स्कोर मापनमा स्वास्थ्य सेवा स्तरीय बनेको देखिएको छ ।

दोधारा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष वडा नं. ६ का अध्यक्ष ओम बस्नेतले साइमनसित साझेदारीले स्वास्थ्य केन्द्रमा थुप्रै प्रगति भएको बताए । ‘केन्द्रमा सुधार भएपछि स्थानीय जनताले समेत स्तरीय सेवा पाएका छन्, थप स्तरीय सेवा सुविधाका लागि आफ्नो ठाउँबाट सक्दो प्रयास पनि भई रहेको छ’ उनले भने ।

सुदूरपश्चिम प्रदेश सभा सदय बेल बहादुर रानाको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा दोधारा चाँदनी नगरका निवर्तमान प्रमुख बीर बहादुर सुनार, दोधारा चाँदनीका मेयर किशोर लिम्बु, निक साइमनका प्रतिनिधि, वडा अध्यक्ष वस्नेत लगायतका जनप्रतिनिधि, स्वास्थ्यकर्मी सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...