ghar sansar

दोस्रो कार्यकालमा झन पछाडि पर्दैछन् पोतिलाल, न्यायिक समिति र नगर प्रवक्ता बनाउनै लगाए सात महिना

dirghayu ad

महेन्द्रनगर । बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीले स्थानीय तह निर्वाचनको सात महिनापछि न्यायिक समिति गठन र नगर प्रवक्ता तोकेका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनपछि चौधरी दोस्रो कार्यकालका लागि मेयर निर्वाचित भएका हुन् ।

दोस्रो कार्यकालका लागि मेयर निर्वाचित चौधरी नगर प्रवक्ता चयन र न्यायिक समिति गठनमा अन्य स्थानीय तह भन्दा बढी परेका छन् । अन्य स्थानीय तहका प्रमुखले पदभार सम्हालेपछि न्यायिक समिति लगायतका सबै विषयत समिाति गठन गरेका थिए ।

ratnam malkhad

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहको कार्यपालिकाका निर्णय सार्वजनिक गर्ने लगायतका अधिकार दिएर नगर प्रवक्ता चयन गर्न पर्ने प्रावधान छ । बेलौरीमा सात महिनासम्म नगर प्रवक्ता चयन नभएर बुधबार मात्रै चयन गरिएका छन् ।

बेलौरी नगरपालिकाका कार्यपालिका सदस्य हर्क बहादुर भुल नगर प्रवक्ता चयन भएका छन् । नगर कार्यपालिकाको बैठकले उनलाई प्रवक्ता बनाउने निर्णय गरेको हो ।

यस्तै बैठकले नगर भित्रका घरहरूको नक्सांकन गर्ने, बेलौरी बजारमा ड्रेन निमार्णलाई ब्यवस्थापन गर्ने, ल्याब टेक्निसियन राख्ने र नगर बिकास स्थापनाका लागि पहल गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै बैठकले नगर उप्रमुख जोगराम चौधरीको संयोजकत्वमा ३ सदस्यीय न्यायीक समिति पनि गठन गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...