भीमदत्तका जनप्रतिनधिलाई आफन्त नेपालको अभिमुखीकरण, मेयर बोगटी भन्छन्– मानव बेचबिखन गम्भीर अपराध हो, सामूहिक रुपमा सबैले यस विरुद्ध लाग्नु पर्छ
महेन्द्रनगर । गैर सरकारी संस्था आफन्त नेपालले भीमदत्त नगरपालिकाका जनप्रतिनिधिसित श्रम शोषणसंग सम्बन्धित स्थानागमन तथा मानव बेचबिखनका सवाल सम्बोधनका लागि बालश्रम र लैङ्गिक हिंसा अन्त्यका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा विभिन्न वडा अध्यक्ष, कार्यपालिका सदस्य सहितका सहभागी भएका छन् । कार्यक्रममा भीमदत्त नगरपालिका मेयर निलम लेखक जोशी विशिष्ठ अतिथिका रुपमा सहभागी भएकी छन् ।
कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक बीर बहादुर नेपालीले कार्यक्रम सम्बन्धी जानकारी दिँदै मानव बेचबिखन रोकथाम र लैङ्गिक ंिहसा अन्त्यका लागि स्थानीय सरकारको साथ र सहयोग चाहिएको उल्लेख गरे ।
आफन्त नेपालले निसेफ नेपालको आर्थिक सहयोग तथा एटविनको साझेदारीमा धनगढी उप महानगरपालिका, भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकामा बालश्रम शोषण रोकथाम : स्थानगमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना सञ्चालन गरेको हो । परियोजना अन्र्तगत भीमदत्त नगरपालिकाका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम राखिएको छ ।
कार्यक्रममा भीमदत्तका मेयर बोगटीले मानव बेचबिखन असाध्यै गम्भीर अपरध भएकाले सबै मिलेर सामूहिक रुपमा यसलाई रोक्नु पर्नेमा जोड दिए । उनले समय अनुसार रुप फेरिदै गएर नियन्त्रणमा चुनौती बनेको उल्लेख गरे ।
‘मानव बेचबिखन असाध्यै गम्भीर अपराध हो, यसले समय समयमा रुप फेर्ने गर्छ, विभिन्न प्रलोभन देखाएर फसाउने गरिन्छ’ उनले भने,‘यस विरुद्ध सबै लाग्नु पर्छ, त्यसमा भीमदत्तको पनि साथ हुन्छ ।’
मेयर बोगटीले खुला सीमा भएका कारणले लागू औषध कारोबार रोक्न चुनौतीपूर्ण बनेको उल्लेख गर्दै समाज अप्ठेरोमा फस्दै गएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले महिलाको आर्थिक अवस्था बलियो बनाएर लैङ्गिक हिंसा न्यूनीकरण गर्न सकिने उल्लेख गरे ।
आफन्त नेपालका बोर्डर इन्चार्ज सिद्ध विकको अध्यक्षतामा गरिएको कार्यक्रममा कार्यक्रममा श्रोत व्यक्ति अधिबक्ता कौशिल्या ओझाले बालश्रम, सुरक्षित स्थानागमन, लैङ्गिक हिंसा, मानव बेचबिखनसंग, बालश्रम र असुरक्षित स्थानागमन तथा लैङ्गिक हिंसाको अन्तरसम्बन्ध, मानव बेचबिखन र बालश्रम न्युनिकरणकालागि बिद्यमान कानुनी प्रवधानहरु, बालश्रम र लैङ्गिक हिंसाको अवस्था तथा न्युनिकरणका लागि स्थानिय तहको भूमिका विषयमा सहजीकरण गरेकी थिइन् ।
सीमा अनुगमन सहजकर्ता रञ्जाना चौधरीको कार्यक्रम सञ्चालन गरेकी छिन् । कार्यक्रममा भिमदत्त नगरपालिकाका नगर प्रवक्ता, वडा अध्यक्षहरु, वडा सदस्य, सामाजिक बिकास अधिकृत, वडा सचिव, बालसंरक्षण समिति पदाधिकारी लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी भएका छन् ।