ghar sansar

जनज्योति सहकारीको २३ औं साधारण सभा सम्पन्न

महेन्द्रनगर । जनज्योति बचत तथा ऋण सहकारी संस्था लि. कञ्चनपुरको २३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । नेफ्स्कुनका सञ्चालक तथा प्रदेश बचत तथा ऋण सहकारी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष माधव प्रसाद जोशीको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।

lotus institite

सहकारी संस्थाका अध्यक्ष भवानी चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा उच्च अदालतका पूर्व न्यायाधिश बिर सिह महरा विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा सहकारीका सचिव चक्र सिह प्वालीले आर्थिक वर्ष २०७८÷०७९ मा गतिविधि, प्रगति र आगामी वर्षका लागि अनुमानित बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

daimond public

सहकारीका कोषाध्यक्ष महानन्द पाण्डेयले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । आर्थिक प्रतिवेदनमा आ.व. २०७८÷०७९ मा एक करोड १० लाख आम्दानी र ९५ लाख खर्च गरिएको उल्लेख गरिएको छ । अघिल्लो वर्षको तुलनामा यो १७ दशमलव ९२ प्रतिशत बढी हो ।

सहकारीका सचिव प्वालीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक सहित उत्कृष्ठ बाल बचकर्ता, असल ऋणी र असल बचतकर्तालाई सम्मान गरिएको छ ।

उत्कृष्ठ बाल बचकर्तामा गौरब पाण्डेयलाई सम्मान गरिएको छ । उनलाई दोसल्ला ओढाएर कापी, पेन्सिल, इरेजर सहित प्रशंसा पत्र प्रदान गरिएको छ ।

भीमदत्त नगरपालिका १८ खैरभट्टीका हिक्मत बहादुर बोहरालाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको छ । यसैगरी भीनपा ५ का मुकेश चन्दलाई असल ऋणी र भीनपा १५ की मोहना जोशीलाई उत्कृष्ठ बचतका रुपमा सम्मानित भएका छन् । उनीहरु सबैलाई दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...