ghar sansar

गोली प्रहारमा संलग्नलाई कारवाहीको माग गर्दै कैलालीमा सुन चाँदी व्यवसायी आन्दोलित

dirghayu ad

महेन्द्रनगर । कैलालीका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । गोदावरी नगरपालिका अन्तरगत अत्तरियाका व्यवसायी विकास सुनारलाई अज्ञात व्याक्तिले गोली हानेर लुटपाट गरेपछि जिल्लाका सुनचाँँदी व्यवसायी आन्दोलित भएका हुन्।  उनीहरुले जिल्ला प्रशासन कार्यालय कैलाली घेराउ गरेका छन् ।

सुनचाँदी व्यापारी सुनारमाथि गोली प्रहार गर्ने व्याक्तिलाई कानूनी कारबाही गर्न जिल्लाका सुनचाँदी व्यापारीहरुले माग गरेका हुन्। जिल्लामा शान्ति सुरक्षा नभएले व्यापारी त्रसित रहेको उनीहरुले गुनासो गरेका छन् ।

ratnam malkhad

गोली प्रहार गर्नेलाई कानूनी कारबाही नभएसम्म आन्दोलन जारी रहने सुनचाँदी व्यवसायीले बताएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले अत्तरिया गोलीकाण्डका दोषीलाई पक्राउ गर्दै कारबाही गर्ने आश्वासन दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...