ghar sansar

पत्रकार महासंघ कञ्चनपुरको २० औं साधारण सभा सम्पन्न

khasi

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको २० औँ साधारणसभा मंगलबार महेन्द्रनगरमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष माधब धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशी रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले जोशीले अनुसन्धानमूलक पत्रकारितामा जोड दिए। ‘समाजलाई सद्बाटोमा डो–याउन पत्रकारिताको महत्वपूर्ण भूमिका छ,’ उनले भने, ‘अबको पत्रकारिता अनुसन्धानमूलक बन्नुपर्छ, यदाकता सुनिने पित पत्रकारिताको अन्त्य हुनु जरुरी छ ।’

Anant bahu travels

पत्रकार महासंघले सदस्यता सुद्धिकरण गर्नुपर्ने पत्रकार चित्रांग थापाले बताए। ‘सदस्यता सुद्धिकरणलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्छ,’ उनले भने, ‘क्रियाशिल पत्रकारलाई मात्रै महासंघको सदस्यता दिनुपर्छ, पत्रकारिता पेशा छोडेका तर, महासंघको सदस्य भएकाहरुलाई स–सम्मान विदा गर्नु पर्छ।’

dirghayi clinic

यसैगरी, पत्रकार महासंघका सुदूरपश्चिम अध्यक्ष योगेश रावलले पनि सदस्यता सुद्धिकरणमा जोड दिए। ‘पत्रकारिता पेशामा नभएकाहरुले सदस्य बनिरहनु हुँदैन्,’ उनले भने, ‘सुर्खेतमा हुने केन्द्रीय साधारणसभामा सुद्धिकरणको विषयलाई उठान गर्छौ।’

पत्रकारिता अव्यवस्थित बन्दै गएको उनले बताए। ‘पछिल्लो समय पत्रकारिता अव्यवस्थित बन्दै गएको छ, केही पत्रकारहरु स्थानीय तहको बजेट कसरी दोहन गर्ने भन्नेमा केन्द्रीत भएको देखिन्छ,’ उनले भने, ‘अहिले पत्रकार र जनप्रतिनिधिहरुबीच बजेटकै लागि लडाइँ भइरहेको देखिन्छ।’

सुदूरपश्चिमका पत्रकारको उपचारका लागि १ करोडको स्वास्थ्य विमाका लागि अक्षय कोष बनाइएको उनले बताए। ‘त्यसमा प्रदेश सरकारले ४० लाख हालेको छ,’ उनले भने, ‘पत्रकार र तिनका परिवारका सदस्य बिरामी हुँदा ५ हजार देखि २० हजारसम्म त्यो कोषबाट सहयोग गर्छौ, त्यसका लागि कार्यविधि समेत बनाएका छौं।’

पत्रकार आचार संहिताको परीक्षामा सहभागी गराएर मात्रै महासंघको सदस्यता दिनु पर्ने प्रेस काउन्सिलका सदस्य हरिप्रसाद जोशीले बताए। ‘नयाँ सदस्यता दिदा अनिवार्य पत्रकार आचार संहिताको परीक्षा लिएर मात्रै दिनु पर्छ,’ उनले भने, ‘यो विषय देशभरबाट उठाउन केन्द्रीय साधारण सभाले यसबारे निर्णय लिनु पर्छ ।’

Himal dental
सम्बन्धित
Loading...