ghar sansar

दोधारा चाँदनीमा बुवाद्वारा छोरी बलात्कृत, बुवा पक्राउ

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १ मा बुवाले ९ वर्षिया छोरी बलात्कार गरेका छन् । मंगलबार राति बुवाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

आमा पोइल गएपछि ती बालिका हजुर आमासित बस्दै आएकी थिइन् । प्रहरीले बुवालाई प्रहरीले हिरासतमा लिएको छ । उनी इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा राखिएका छन् ।

बालिकालाई स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त भएको बताए ।

Himal dental
सम्बन्धित
Loading...