
दोधारा । ज्योति विकास बैकले प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीलाई बेबि वार्मर मेसिन सहयोग गरेको छ । ज्योति विकास बैंक महेन्द्रनगर शाखाले दोधारा चाँदनी नगरपालिका–६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बेबि वार्मर मेसिन सहयोग गरेको हो ।
ज्योती विकास बैंक महेन्द्रनगर शाखा प्रबन्धक लक्ष्मण चौक्यालले प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष ओम बस्नेतलाई ऊक्त मेसिन एक कार्यत्रमका विच हस्तान्तरण गरेका छन् ।

ज्योती विकास बैंक महेन्द्रनगर शाखा प्रबन्धक लक्ष्मण चौक्यालले समाजिक उत्तरदायित्व अर्न्तरगत स्वास्थ्य केन्ऽलाई मेसिन दिएको बताए । उनका अनुसार उक्त मेसिन डा. महाबिर पुन सहितका नेपाली बैज्ञानिकले नै पालमा निर्माण गरेको मेसिन रहेको बताए ।
आमाको पेटबाट शिशु जन्मिने वित्तिकै बाहृयी वातावरण संग घुलमिन गराउन तापक्रम व्यवस्थापनका लागि उक्त मेसिनको प्रयोग गरिन्छ । दोधारा चाँदनी नगरपालिका ६ का वडाध्यक्ष एव स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका ओम बस्नेतले बैक यस क्षेत्रका शिशुको स्वास्थ्य अवस्था सुधारका लागि मेसिन लिएसंगै ठूलो सहयोग पुग्ने बताए ।
दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले ज्योती विकास बैंकबाट बेबि वार्मर मेसिन सहयोग पाईएसंगै सुत्केरी केन्द्रमा थप सुविधा हुने बताएका छन् ।
गत बर्ष पनि ज्योती विकास बैंक महेन्द्रनगर शाखाले महाकाली अस्पतालमा बेबी वार्मर मेसिन दिएको थियो । राष्ट्र बैंकको नीति अनुरुप ज्योती विकास बैंक महेन्द्रनगर शाखाले कञ्चनपुरमा समाजिक कार्य गर्दै आएको छ ।
