ghar sansar

बैतडीमा शिक्षक हत्या आरोपमा लोग्ने स्वास्नी सार्वजनिक

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीमा शिक्षक धनबहादुर विष्टको हत्या गरेको आरोपमा पक्राउ परेका श्रीमान–श्रीमतीलाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

शिक्षकको हत्या आरोपमा पुर्चौडी नगरपालिका–३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान प्रजा बोहरालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार पक्राउ पर्ने बिमला कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन्। उनी कृष्ण मावि पाटनको छात्राबासमा बसेर अध्ययन गर्थिन् ।

dirghayi clinic

पुस १ गते राति शिक्षक बिष्टले बिमला बोहरामाथि अभद्र व्यवहार गरेको कारण आफूले हत्या गरेको बिमलाका श्रीमान प्रजाले प्रहरीलाई बयान दिएका छन् ।

उनले श्रीमतीमाथि गरेको व्यवहार आफूले सहन नसकेर विष्टको हत्या गरेको प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

राती हत्या गरेपछि विष्टको शवलाई छात्राबासको पछाडि फालेको प्रहरीको अनुसन्धानले देखाएको छ। घटनाका अभियुक्तमाथि १० दिनको म्याद थपेर अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

सुर्नया गाउँपालिका–२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविका शिक्षक विष्ट कार्यरत थिए। विष्टको शव पुस २ गते दिउँसो उनकै निवासको पछाडिपट्टिको भिरालो जमिन फेला परेको थियो। विष्टका आफन्तले बुधबार बोहरा दम्पतीका नाममा किटानी जाहेरी दिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...