
पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकाका बाढीको उच्च जोखिममा रहेका तीन वडामा विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउन मोवाईल एप मार्फत सर्भेक्षण गरिएको छ ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको ‘बि रेडी’ परियोजनाले सञ्चालन गरेको सुद्दढ परियोजना अन्र्तगत वडा नं. ८, ९ र १० मा सर्भेक्षण गरिएको छ ।
महाकाली र जोगबुडा नदीका कारण दोधारा चाँदनीका यी तीन वडा बर्सेनी विपद्बाट क्षति व्यहोर्दै आएका छन् । वर्षा याममा बाढी र डुबानले तिनै वडाका वासिन्दा समस्या पर्ने गरेका छन् ।

सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले परियोजना अन्र्तगत विपद् विरुद्ध स्थानीयलाई सशक्त बनाउने लक्ष्य लिएर कार्यक्रम सञ्चालन गरिएको बताए । परियोजना सञ्चालन भएपछि मोबाइल एफ मार्फत सर्भेक्षण गरिएको उनको भनाई छ ।
परियोजना अन्र्तगत दोधारा चाँदनी नगरपालिका ८ सुन्दरनगरमा सुन्दर कृषक समुहले जीविकापार्जका लागि टनेल खेती, च्याउ खेती गरिएको छ । वडा नं. ९ मा ईन्टरलोक ब्लक मेसिन प्रदान, ४ मा रेशम बादीलाई जुत्ता चप्पल सिउने पसलका लागि सहयोग, १० नम्बरको अठार नम्वर पिल्लर बस्ती जोगाउन जगबुडा नदीमा जैविक तटबन्ध निर्माणका कार्य गरिएको छ ।
परियोजनाले दोधारा चाँदनी नगर क्षेत्रमा महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको जिवीकापार्जन संगै बाढी आएको बेला र पुर्व तयारीको लागी बिभिन्न सहयोग र तालिमहरु सञ्चालन गर्दै आएको छ ।
परियोजना संयोजक सुनार सहित डिसीए नेपालका रिगेन्द्र खड्का, श्याम प्रसाद पौडेल लगायतले बिहीबार परियोजना क्षेत्र अन्र्तगत कार्यक्रम गरिएका वस्तीमा अनुगमन गरेका छन् ।
