Sarsoti

प्रकाशको ‘मेरा बाबा’ देउडा गीत बजारमा

lotus institute

महेन्द्रनगर । प्रकाश कलौनीको “मेरा बाबा“ नामक देउडा गीत बजारमा आएको छ । देउडा गायक गोपाल दयालको स्वर रहेको उक्त गीतको निर्माण काठमाडौँमा रहेको म्युजिक प्लस रेकर्डिङ स्टुडियोले गरेको हो । प्रकाशको आफनो लय र शब्द रहेको उक्त गीतमा कलौनीले आफ्नो बुवा गुमाउनुको पीडालाई गीत मार्फत व्यक्त गरिएको छ ।

Mahendranagar

नारायण दंगालले एरेन्ज गरेको गीतका मिक्स ÷ मास्टर प्रेम दीप रामजाली छन् । बेदकोट नगरपालिका ९ लालपुरका कलौनीका बुवा भानदेव कलौनीको गत जेठमा निधन भएको थियो । नेपाल विद्युत प्राधिकरणका कर्मचारी स्वर्गिय कलौनी हेरालीमा परिचित थिए ।

morning glory

प्रकाश सुदूरपश्चिमको कला, साहित्य, संस्कृति तथा मौलिकतालाई जोगाउन सक्रिय रुपमा लागेका छन् । हालसम्म उनले गाडी गुडी स्वराडमा, शर्माली क्याम्पस गेट, बैतडी कि बसन्ती लाल साडीमा, डोलीमा निक्करी बसेइ, का छै मेरी प्रियसी’ लगायतका देउडा गीत रचना गरी अपलोड गरी सकेका छन् ।

कलौनीले बुवाको सम्झनामा गीत निर्माण गरिएको बताएका छन् ।

saark school
सम्बन्धित
Loading...